रोशी गाउँपालिकाको युवाहरुलाई रोजगार तर्फ उन्मुख बनाई उद्यम विकासको निम्ति ८ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० ले कार्यक्रम सञ्चालन गरेको उद्यम सहजकर्ता मनिषा मोक्तानले जानकारी दिनुभयो । हाल यस तालिमले उद्यमी बन्नको निम्ति के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ र सम्भावित स्रोत साधनको परिचालन तथा बजार व्यवस्थापन सम्बन्धि प्रशिक्षण प्रदान गरेको मोक्तानले बताउनु भयो । केही समय पश्चात् संभावित व्यवसाय अनुरुपको व्यवसायित तालिम प्रदान गर्ने लक्ष्य रहेको मोक्तानले जानकारी दिनुभयो ।