ललितपुर
नेपाली कांग्रेस गिम्दी-पाटन सम्पर्क समितीद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । घरमा आगो लागि पिडित भएका परिवारलाई केही हदसम्म भएपनी राहत मिलोस भन्ने उदेश्यले सम्पर्क समितीका सदस्य र केही सहयोगी मनहरुबाट ३५ हजार रुपैयाँ रकम जुटाइ पीडितलाई वितरण गरिएको हो । गाईबस्तुलाई खोले पकाउने क्रममा बासको दाउराबाट ठुलो आगो निस्की चुल्होमाथी झुण्ड्याइएको मकैमा आगो लाग्न पुगि ललितपुर जिल्ला बागमती गाउँपालिका वडा न ७ गिम्दी काउसेबेसि बस्ने रत्नमान सिंतानको घरमा गत पौष १९ गते सम्पुर्ण खाद्यान्न र लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । आगलागी बाट सिंतानको १२ लाख ५५ हजार बराबरको क्षति भएको छ । दुखेको घाउमा अलिकतिमात्र भएपनि पीडा कम होस् भन्ने उदेश्यले रकम जम्मा गरि वितरण गरिएको गिम्दी पाटन सम्पर्क समितीका संयोजक गोबिन्द राना मगरले बताएका छन् ।