काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि।पि। राजमार्ग आसपासमा केहि दिन देखि चोरीको घटना घटिरहेको हुँदा रोशी सरकारले यसको न्यूनिरणका लागि ईलाका प्रहरी कार्यालयसँग वैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । आज बसेको वैठकमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी प्रतिनिधि तथा कटुन्जेवेशी प्रहरी चौकीका प्रहरी प्रतिनिधि पशुपति पाठकको संयुक्त वैठक वसि निर्णय गरिएको रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले जानकारी दिनुभयो ।
वैठकमा पालिकामा कुनै पनि प्रकारको अपराधिक गतिविधि हुन नदिने, कसैले अपराधिकगतिविधिमा संलग्न भएमा वा गराएमा कानुनी कारवाही गर्ने र यसका लागि प्रभावकारी अनुसन्धान गर्ने निर्णय गरिएको छ । हाल सम्म भएका चोरीका घटना अन्य गतिविधिको अनुसन्धान गरी अपराधिलाई चाडो भन्दा चाँडो कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।