काभ्रे
पछिल्लो २४ घण्टामा काभ्रेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज ७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९२ वटा परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ७६ जना महिला र ४० जना पुरुष गरी १ञ् सय १६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
कार्यालयका अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै सक्रिय संक्रमित धुलिखेल र बनेपा नगरपालिकामा रहेका छन् । धुलिखेलमा ३४ जना महिला र १३ जना पुरुष गरी ४७ जना र बनेपा नगरपालिकामा १६ जना महिला र १५ जना पुरुष गरी ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्लाको महाभारत , तेमाल, खानीखोला र भुम्लु गाउँपालिकामा अहिले कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।