• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १२ घण्टा अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ६ दिन अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २७, बुधबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

  • राजन दाहाल
  • २०८३ बैशाख १४, सोमबार (३ महिना अघि)
  • २३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • पनौती/ काभ्रेपलान्चोक

    पनौती नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायत अन्य किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमको सुरुवातमा स्वास्थ्य शाखा प्रमुख जनक केसीले डेंगी रोगको वर्तमान अवस्था, संक्रमणको जोखिम, नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास तथा “खोज र नष्ट” विधिको प्रभावकारिताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। उनले लामखुट्टेबाट सर्ने रोगहरूका कारण जनस्वास्थ्यमा पर्ने असर उल्लेख गर्दै समयमै सचेतना र सरसफाइ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा प्रशिक्षकका रूपमा रहेकी ल्याब सुपरभाइजर योगिता खनालले डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायत किटजन्य रोगहरूको परिचय, संक्रमणको प्रक्रिया, लक्षण, जोखिम समूह तथा नियन्त्रणका उपायहरूबारे सहजिकरण गरेकी थिइन्। उनले विशेषगरी घरआँगन वरपर पानी जम्न नदिनु, लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनु नै यस्ता रोग नियन्त्रणको मुख्य उपाय भएको बताइन्।

    अभिमुखीकरण कार्यक्रमका मुख्य उद्देश्यहरूमा किटजन्य रोगहरूको बारेमा समग्र जानकारी प्रदान गर्नु, विश्वदेखि स्थानीय तहसम्मको अवस्थाबारे छलफल गर्नु तथा रोकथामका प्रभावकारी उपायहरूबारे सहभागीलाई सक्षम बनाउनु रहेको थियो।

    स्वास्थ्य शाखाका प्रमुख जनक केसीको प्रस्तुतीकरणअनुसार डेंगी सचेतना महिनामा विभिन्न अभियानहरू सञ्चालन गर्न सकिने बताइएको छ । “हरेक शुक्रबार, सफा शुक्रबार” अभियानअन्तर्गत सार्वजनिक स्थल, कार्यालय, विद्यालय तथा संघ–संस्थाहरूमा नियमित सरसफाइ , यस्तै “खोज र नष्ट गर” अभियानमार्फत टोल विकास समिति र स्थानीय समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने बताइएको छ ।

    त्यसैगरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक छलफल तथा पैरवीलाई प्राथमिकता दिँदै डेंगी नियन्त्रणका रणनीतिहरू प्रभावकारी बनाइने जनाइएको छ। प्रत्येक वडामा घरदैलो कार्यक्रम, समूह छलफल, पोस्टर तथा ब्यानरमार्फत जनचेतना अभिवृद्धि गर्ने योजना समेत अघि सारिएको छ।

    कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले किटजन्य रोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७९५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२३८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑