• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २, शनिबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

  • राजन दाहाल
  • २०८३ बैशाख ११, शुक्रबार (२ महिना अघि)
  • ३१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • काभ्रे/पनौती

    सिद्धार्थ वनस्थली इन्स्टिच्युट द्वारा आयोजित “लक्ष्मण राजवंशी स्मृति सम्मान समारोह २०८३” शुक्रबार पनौतीमा सम्पन्न भएको छ। शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रमका सभाध्यक्ष केशव थापा ले स्व. लक्ष्मण राजवंशीले स्थापना गरेको शैक्षिक र सामाजिक मूल्यलाई निरन्तरता दिन यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यालयले जिम्मेवार नागरिक उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा राखे । लक्ष्मण राजवंशीजस्ता व्यक्तित्वले देखाएको मार्गदर्शनले नयाँ पुस्तालाई प्रेरणा दिएको उल्लेख गरेका थिए ।

    त्यस्तै, विशिष्ट अतिथि तथा पनौती नगरपालिकाका प्रमुख  रामशरण भण्डारीले पनौती नगरपालिकामा शिक्षाको गुणस्तर सुधारमा विद्यालयहरूको योगदान उल्लेखनीय रहेको बताए। उनले विद्यालयहरूले स्थानीय तहसँग सहकार्य गर्दै सीपमुखी, व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिनुपर्नेमा उनको जोड थियो । उनी भन्छन् “विद्यालय केवल पढाउने थलो मात्र होइन, समाज निर्माण गर्ने केन्द्र हो, । “यस्ता सम्मान कार्यक्रमहरूले प्रेरणा दिनुका साथै शैक्षिक वातावरण सुदृढ बनाउन मद्दत पुर्‍याउँछन्।” उनले थपे ।

    कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू मोहन दुवाल, चन्द्रबहादुर खड्का, दिपकमान शेरचन, जगन्नाथ अवा, वेदप्रसाद बञ्जारा, मायादेवी श्रेष्ठ, बिमला नेपाल, रामकुमार सापकोटा, डा. अनन्त सुवेदी, डा. मणिन्द्र मानन्धर, डा. राजेन्द्र ताम्राकार, डा. श्रीकृष्ण श्रेष्ठ र डा. समिर कर्मचार्यलाई सम्मान गरिएको थियो। उनीहरूको योगदानलाई कदर गर्दै सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले पनि शिक्षा र समाज विकासमा समर्पित व्यक्तित्वहरूको पहिचान र सम्मानले नयाँ पुस्तालाई प्रेरित गर्ने धारणा व्यक्त गरेका थिए।

    यस सम्मान कार्यक्रमका संस्थापक स्व. लक्ष्मण राजवंशी भाषा तथा साहित्यका साधक हुनुका साथै शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनको स्मृतिमा स्थापना गरिएको यो सम्मान कार्यक्रम तेस्रो श्रृंखलाका रूपमा आयोजना गरिएको बिद्यालयका सूचना अधिकारी प्रवीण दाहाए जानकारी दिए ।

    कार्यक्रमको सुरुवात प्राचार्य रेश्मा थापाको स्वागत मन्तव्यबाट भएको थियो भने सभाध्यक्ष केशव थापाले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१६० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑