• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ५ घण्टा अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

  • राजन दाहाल
  • २०८२ फागुन १०, आईतबार (६ महिना अघि)
  • ३५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट
  • काभ्रेपलाञ्चोक

    नेपाली कम्युनिस्ट पार्टी काभ्रे निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईँले आफ्नो निर्वाचन प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। काभ्रेको कृषि, पर्यटन, रोजगारी, पूर्वाधार, शिक्षा–स्वास्थ्य, सामाजिक न्याय र डिजिटल विकासलाई केन्द्रमा राख्दै उहाँले १८ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।

    उम्मेदवार हुमागाईँले लोकतान्त्रिक गणतन्त्र, संविधान र समाजवाद उन्मुख अर्थतन्त्रको मार्गदर्शनमा काभ्रेपलाञ्चोकलाई आत्मनिर्भर, सुरक्षित र समृद्ध जिल्लाका रूपमा विकास गर्ने संकल्प व्यक्त गर्नुभएको छ। काभ्रेको ऐतिहासिक तथा सांस्कृतिक महत्व, कृषि सम्भावना, श्रम–सिप र युवाको आकांक्षालाई नीति तथा विकास योजनाको केन्द्रमा राखिने उहाँको भनाइ छ।

    संसदमा जनताको आवाज र सुशासन

    उहाँले सांसदका रूपमा काभ्रे–२ का जनताको आवाज प्रभावकारी रूपमा संसदमा उठाउने, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने, विकास बजेटको न्यायोचित वितरण सुनिश्चित गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लागू गर्न पहल गर्ने बताउनुभएको छ। वातावरणमैत्री तथा दिगो विकास योजनामा जोड दिइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

    रोजगारी र आर्थिक रूपान्तरण

    स्थानीय कृषि, पशुपालन, पर्यटन र जडीबुटीमा आधारित उद्यम प्रवर्द्धन, युवालाई सीपमूलक तालिम र स्टार्टअप सहयोग, वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनर्स्थापना कोष तथा महिला, दलित र विपन्न समुदायका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ।

    पर्यटन र पूर्वाधार विकास

    दोलालघाटलाई जलपर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बेथानचोक–चौबास–सुलिकोट क्षेत्रमा पर्यटन पूर्वाधार विस्तार गर्ने तथा धार्मिक–सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। अरनिको राजमार्ग सुधार, ग्रामीण सडक स्तरोन्नति, पनौती–खोपासी–ढुङ्खर्क–हेटौँडा सडक, सम्भावित सुरुङमार्ग अध्ययन, धुलिखेल–बनेपा–पनौती रिङरोड अध्ययन लगायत पूर्वाधार योजना पनि प्रतिबद्धतामा समेटिएका छन्।

    कृषि आत्मनिर्भरता र बजार व्यवस्थापन

    किसान परिचयपत्र, मल–बीउ सहज उपलब्धता, कृषि सेवा केन्द्र सुदृढीकरण, शीतभण्डार र प्रशोधन केन्द्र स्थापना, कृषि उत्पादनको समर्थन मूल्य तथा डिजिटल बजार प्रणाली विकास गरिने उल्लेख गरिएको छ। पाँचखाल, बनेपा, धुलिखेल, पनौती लगायत क्षेत्रलाई कृषि हबका रूपमा विकास गर्ने योजना छ।

    सामाजिक विकास र सेवा पहुँच

    शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा कार्यान्वयन, सार्वजनिक विद्यालय सुदृढीकरण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा विस्तार, महिला–दलित–ज्येष्ठ नागरिक–अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ। काभ्रेलाई शिक्षा र स्वास्थ्य क्षेत्रको केन्द्रका रूपमा विकास गर्न विश्वविद्यालय र अस्पतालसँग सहकार्य गरिने जनाइएको छ।

    विशेष परियोजना र दीर्घकालीन योजना

    पनौतीस्थित सुरक्षा मुद्रण केन्द्रलाई राष्ट्रिय डिजिटल सुरक्षा हबका रूपमा विस्तार, पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा तीव्रता, मदन भण्डारी विश्वविद्यालय निर्माण तथा सञ्चालन, भूमिहीन समस्या समाधान, खेलमैदान र युवा खेलकुद विकास कार्यक्रम पनि प्रतिबद्धतामा समेटिएका छन्।

    मतदातालाई अपिल

    उम्मेदवार हुमागाईँले काभ्रे क्षेत्र नं. २ लाई आत्मनिर्भर, समृद्ध र अवसरयुक्त बनाउन आफूलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गर्नुभएको छ। फागुन २१ गते हुने निर्वाचनमा चुनाव चिह्न “तारा” मा मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑