• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  बागमती

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०८२ पौष १९, शनिबार (८ महिना अघि)
  • ७५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • ललितपुर / गिम्दी

    बागमती गाउँपालिका वडा नं. ७ मा गठित वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा तेस्रो कार्यक्रम श्री मनकामना आधारभूत विद्यालय नागटारमाअ सम्पन्न भएको छ । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने तथा नेपालको विविध सांस्कृतिक परम्परा र नृत्यबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम श्री मनकामना आ.वि. का प्रधानाध्यापक रेशम बहादुर ढोडारीले सञ्चालन गरेका थिए भने अतिरिक्त क्रियाकलाप समिति संयोजक पशुपति ज्ञामी मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, प्रतिनिधि शिक्षकहरू, लुनिभा तथा रिड नेपाल संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्री होम प्रसाद बजगाईंले विद्यार्थीहरूको प्रतिभाको उच्च प्रशंसा गर्दै आगामी दिनमा विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि योजना बनाएर केही बजेट वा आवश्यक सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका अतिथि तथा सल्लाहकार, नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद सञ्जेलले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै विभिन्न संस्कृतिबारे जानकारी दिलाउने बताए ।  साथै, विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि बजेट अभावको समस्या रहेको कुरा पनि उनले औँल्याएका छन् । त्यसैगरी, अतिथि तथा सल्लाहकार, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्ण बहादुर फुँयालले विद्यार्थीहरूको प्रतिभालाई सम्मान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूलाई कार्यक्रम तयारीका लागि बजेटको अभाव भइरहेको धारणा राखे ।

    कार्यक्रममा वडा सदस्य मदन आले, वडा सचिव अनिल गिरी, लुनिभाका मनोज दुलाल तथा रिड नेपालका तालिम अधिकृत मञ्जु खनियाले कार्यक्रमको प्रशंसा गर्दै यसको सफलता र निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमअन्तर्गत विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका थिए। खुल्ला नृत्य प्रतियोगिता (कक्षा १–५) तर्फ नारायणी माध्यमिक विद्यालय प्रथम, मनकामना आधारभूत विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय तृतीय भएकाे जानकारी अतिरिक्त क्रियाकलाप समितिका सचिव तथा जनक माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिमल्सिनाले बताए। त्यस्तै, सांस्कृतिक नृत्य प्रतियोगिता (कक्षा ६–८) तर्फ मगर समुदायको मारुनी नाच प्रस्तुत गर्दै नारायणी माध्यमिक विद्यालय प्रथम भएको छ भने बालन वा खैजेडी भजन नृत्य प्रस्तुत गरेको नारायणी माध्यमिक विद्यालय नै द्वितीय, तामाङ सेलो नृत्य प्रस्तुत गरेको जनक माध्यमिक विद्यालय तृतीय तथा मध्यपश्चिमका गुरुङ र मगर समुदायको कौरा नाच प्रस्तुत गरेको जनक माध्यमिक विद्यालय नै चौथो भएको उनले जानकारी गराए ।

    प्रतियोगिताका निर्णायकहरूमा रिड नेपाल संस्थाका मञ्जु खनिया, स्थानीय कलाकार तथा नृत्य र अभिनय क्षेत्रमै सक्रिय विनिता दाहाल, वडा प्रतिनिधि सबिना आले मगर र स्थानीय शिक्षक विष्णुमाया स्याङ्तान रहेका थिए । कार्यक्रम समापन गर्दै अतिरिक्त क्रियाकलाप समितिका संयोजक पशुपति ज्ञामी मगरले सबैलाई धन्यवाद दिँदै अबको अर्को कार्यक्रम श्री जनक माध्यमिक विद्यालयमा गरिने बताए । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑