• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ६ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      ३ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ४ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ६, बिहिबार
    होमपेज /  बागमती

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

  • राजन दाहाल
  • २०८२ पौष ६, आईतबार (१0 महिना अघि)
  • ५४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • मकवानपुर/ हेटौंडा

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो व्यक्तिगत पारिश्रमिक र सेवा सुविधाको रकम खर्चेर मकवानपुरको कैलाश गाउँपालिकाका एक विपन्न चेपाङ दम्पतीका लागि सुरक्षित घर निर्माण गरिदिएका छन्। लामो समयदेखि जीर्ण र असुरक्षित झुपडीमा बस्दै आएका ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई शनिबार एक कार्यक्रमका बीच नवनिर्मित घर हस्तान्तरण गरिएको हो।

    ​कैलाश गाउँपालिका–४ निवासी यस दम्पतीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र सानुमाया आंशिक अपाङ्गता समेत रहेकाले गाउँपालिकाले उनीहरूलाई ‘अति विपन्न’ को सूचीमा राखेर घर निर्माणका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री बानियाँले करिब ८ लाख रुपैयाँको लगानीमा तीन कोठाको जस्ताले छाएको पक्की घर र शौचालय निर्माण गराएका हुन्।

    ​घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि नागरिक गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले व्यक्तिगत र सरकारी दुवै तवरबाट सहयोग जारी राखेको बताए। उनले चेपाङ दम्पतीलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न बाख्रा पालन गर्न सुझाउँदै थप २० हजार रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराए। सोही अवसरमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले नवनिर्मित घरका लागि आवश्यक ओढ्ने-ओच्छ्याउने लगायतका लत्ताकपडाको व्यवस्थापन गाउँपालिकाले गरिदिने घोषणा गरे।

    ​मुख्यमन्त्री बानियाँले प्रदेश सरकारमार्फत पनि विपन्न, सिमान्तकृत र एकल महिलाहरूका लागि एक हजार वटा घर निर्माण गर्ने कार्यविधि अघि बढेको जानकारी दिए। उक्त कार्यक्रम अन्तर्गत आवाससँगै आयआर्जनका लागि प्रति परिवार २ लाख रुपैयाँसम्म बिना ब्याज ऋण उपलब्ध गराइने लक्ष्य राखिएको छ।

    ​स्मरण रहोस्, मुख्यमन्त्री बानियाँले यसअघि पनि आफ्नो निजी खर्चमा मनहरीकी मिठुमाया सुनारको घर बनाइदिसकेका छन् भने राक्सिराङका सुमनसिं प्रजाको घर हाल निर्माणको चरणमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३२२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑