• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १७, बुधबार
    होमपेज /  काभ्रे खबर

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

  • राजन दाहाल
  • २०८२ मंसिर २४, बुधबार (८ महिना अघि)
  • १०६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • राजन प्रसाद दाहाल

    काभ्रे – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नाम सिफारिस भएका बिदुर बहादुर बस्नेत धुलिखेल क्षेत्रका उदयमान र प्रभावशाली नेताका रूपमा पुनः चर्चामा आएका छन्।

    वि.सं. २०२८ असार १५ गते धुलिखेल–२ मा जन्मिएका बस्नेत प्रारम्भदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिमै जोडिएको छ।

    नेपाली कांग्रेस प्रवेशपछि द्रुत उभार

    वि.सं. २०६९ श्रावण १९ गते कांग्रेस प्रवेश गरेका बस्नेतले पार्टीमा प्रवेश गरेदेखि नै संगठन सुदृढीकरणमा निरन्तर भूमिका खेले।
    इकाई सभापति, वडा सभापति हुँदै १४औँ महाधिवेशनबाट धुलिखेल नगर सभापति बनेका उनी संगठन निर्माणमा सफल नेता मानिन्छन्। धुलिखेल क्षेत्रमा बस्नेतलाई सहज, कर्मठ र जनधर्मी नेता मान्नेहरूको संख्या ठूलो छ।

    २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी चर्चित

    स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन हुँदा बस्नेतले धुलिखेलमा गठबन्धन आवश्यक छैन भन्दै स्वतन्त्र रूपमा ‘जेब्रा’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए।
    उनले सूर्य चिन्हका उम्मेदवारलाई कडा प्रतिस्पर्धा गरे पनि दोहोरो छापसम्बन्धी विवाद उत्पन्न भएपछि उनका २७१३ मत बदर भए र उनी ८४४ मतले पछि परे।

    यद्यपि स्वतन्त्र उम्मेदवार भएर पनि उनले १ उपमेयर तथा १२ वडामा २९ जनप्रतिनिधि विजयी गराउन सफल हुँदै व्यक्तिगत प्रभाव अत्यन्तै बलियो रहेको प्रमाणित गरे।

    समाज सेवामा निरन्तर सक्रियता

    बस्नेत समाजसेवामा विशेष रूपमा परिचित छन्। उनी आफ्ना आम्दानीको करिब १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा खर्च गर्दै आएका छन्।
    उनको यही सेवामुखी शैलीका कारण काभ्रे–१ बाट प्रतिनिधिसभा निर्वाचनमा टिकट पाए उनी सहजै विजयी हुने चर्चा पार्टीभित्र र बाहिर तीव्ररूपमा भइरहेको छ।

    टिकट पाए–नपाए पनि पार्टीप्रति निष्ठा कायम राख्ने प्रतिवद्धता

    प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस भएको पुष्टि गर्दै बस्नेतले टिकट पाए जनसेवामा पूर्ण समर्पित हुने र राज्यको सम्पत्तिमा लोभ नराख्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्।
    त्यस्तै टिकट नपाए पनि पार्टीका आधिकारिक उम्मेदवारलाई तन–मनले सहयोग गर्ने बताउँदै उनले पार्टी एकता र लोकतान्त्रिक मूल्यप्रति आफ्नो निष्ठा दोहोर्याएका छन्।

    काभ्रे क्षेत्र नं. १ मा बस्नेतको उम्मेदवारी सशक्त प्रतिस्पर्धाको संकेतको रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑