• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ४0 सेकेण्ड अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ९ घण्टा अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ४ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    ग्रामोदय आधारभूत विद्यालय: गौरवमय इतिहासको पुनर्जागरण, वार्षिकोत्सवले ल्यायो खुशियालीको बहार

  • राजन दाहाल
  • २०८१ चैत्र २७, बुधबार (१ साल अघि)
  • १०४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • काभ्रे / पनौती
    शैक्षिक धरोहरको रूपमा स्थापित पनौती नगरपालिका वडा न ५ स्थित श्री ग्रामोदय आधारभूत विद्यालयले आफ्नो गौरवमय इतिहासलाई पुनर्जीवित गर्दै ६२ औं वार्षिकोत्सव, अभिभावक सम्मेलन र परीक्षाफल प्रकाशन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. २०१९ सालमा शिक्षाको ज्योति छर्न स्थापना भएको यो विद्यालय २०७८ सालमा केही समयको लागि बन्द भएको थियो। तर, स्थानीय युवाहरूको ऊर्जावान् पहल र अभिभावकहरूको अटुट चाहनाले विद्यालयले वि.सं. २०७९ भाद्र महिनामा फेरि एकपटक शैक्षिक यात्रा सुरु गरेको थियो ।
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपाने विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो, जसले विद्यालयप्रतिको उनीहरूको गहिरो अपनत्व र विश्वासलाई दर्शाउँथ्यो। विद्यालयका साना नानीबाबुहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई आनन्दीत बनाएका थिए।
    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले आफ्नो मन्तव्यमा स्थानीय समुदायले शिक्षा क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै विकास निर्माणका हरेक क्षेत्रमा यसरी नै सहकार्य भएमा पनौतीले छिट्टै प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे।

    विशिष्ट अतिथि शिक्षा निर्देशक प्रणराज न्यौपानेले हिजो आफ्नै हातले विद्यालय बन्द गर्नुपरेको पुन:स्थापना पनि आफ्नै हातले गर्न पाउँदा हर्षित भएको बताए। उनले अब नगरपालिकाको सम्पूर्ण स्रोत साधन र प्रभाव विद्यालयको विकासमा केन्द्रित हुने र यो विद्यालयलाई उत्कृष्ट विद्यालयको रूपमा हेर्न चाहेको आफ्नो दृढ संकल्प सुनाए।
    पनौती नगरपालिकाका स्रोत व्यक्ति महेश्वर जंगमले विद्यालयको पुनर्जागरणमा स्थानीय युवाहरूको त्याग र समर्पणको उच्च मूल्याङ्कन गरे। समाजसेवी भोला थापाले विद्यालयलाई आधुनिक मन्टेश्वरी शिक्षा प्रणालीमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै रु २५ हजार नगद शैक्षिक सहयोग प्रदान गर्ने घोषणा गरे, जसले उपस्थित सबैलाई उत्साहित बनाएको थियो ।
    वार्षिकोत्सवको यो महत्त्वपूर्ण अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट उदार सहयोग प्राप्त भएको छ। स्थानीय समाजसेवी कृष्ण प्रसाद श्रेष्ठको विशेष अनुरोधमा दोलखाका समाजसेवी घनश्याम फुयालले विद्यालयका विद्यार्थीहरूका लागि ६० सेट ट्र्याक शूट प्रदान गरेका थिए । धुलिखेल स्थित कान्छीमाया तामाङ फाउन्डेसनका अध्यक्ष डा. दिल बहादुर थोकरले विद्यालयका सबै विद्यार्थीहरूलाई न्यानो जुत्ता र मोजा वितरण गरे, जसले विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेको थियो । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गर्‍यो भने ललितपुरको इमाडोलका दिनेश रिजालले विद्यार्थीहरूलाई आवश्यक पर्ने ६० सेट स्टेसनरी सामग्री वितरण गरेका थिए । पनौती आधारभूत बिद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउन एक सेट कम्प्युटर प्रदान गरेका थिए । स्थानीय समाजसेवी इन्द्रलाल श्रेष्ठले साना बालबालिकाहरूको मनोरञ्जनका लागि आकर्षक चिप्लेटी निर्माण गरिदिएका थिए भने हाइल्याण्ड मा.वि.का श्रीराम थापाले विद्यालयको कार्यालयका लागि नयाँ दराज सहयोग गरे। पनौती वडा नं. ५ का वडा सदस्य महेन्द्रलाल श्रेष्ठले बालबालिकाहरूको खेलकुदका लागि ‘गो मेरी गो’ निर्माण गरिदिएका थिए। स्थानीय कृष्ण प्रसाद श्रेष्ठले विभिन्न दाताहरूबाट संकलित रु १ लाख रुपैयाँ विद्यालयको खातामा जम्मा गरिदिएका थिए।
    कार्यक्रममा यस वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो, जसले अन्य विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिलेको थियो। विद्यालयले उदार मनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई कृतज्ञता स्वरूप प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो। कार्यक्रममा लोकप्रिय कलाकार धनपती दाहालले आफ्नो सुमधुर गीत प्रस्तुत गरेर माहोललाई थप रमाइलो र संगीतमय बनाएका थिए भने विद्यालयले उनको कलाको सम्मान गर्दै अभिनन्दन गरेको थियो।
    श्री ग्रामोदय आधारभूत विद्यालयको यो पुनर्जागरण र ६२ औं वार्षिकोत्सवले समुदायको एकता, लगनशीलता र शिक्षाप्रतिको अटुट विश्वासलाई उजागर गरेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको यो सामूहिक प्रयासले विद्यालयलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित छ। यो विद्यालयको गतिविधिले अन्य बन्द भएका विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने निश्चिति छ । कार्यक्रममा बक्ताहरुले प्रधानाध्यापक उद्धब बोलखेको कार्यकौशल पनि चर्चा गरेका थिए । हाल ग्रामोन्न्ती आधारभूत बिद्ययमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    समाचार

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१३४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३४६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२०० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१७३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०७० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑