• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    पत्रकार महासंघ शुद्धिकरण अभियान र बर्तमान सवाल

  • राजन दाहाल
  • २०८१ जेष्ठ २२, मंगलबार (२ साल अघि)
  • ७२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे/पनौती
    ‘प्रेस’ जसलाई लोकतन्त्रमा राज्यको चौथो अंगको रुपमा स्विकार गरिएको छ । परिवर्तित समय, माध्यम तथा उपलब्धताले बर्तमानमा ‘मिडिया’ शब्दले समग्र प्रेस जगत परिचित बन्न थालेको छ । त्यसमा पनि विद्युतीय माध्यमको विकासले यसको विकास, स्वरुप र प्रयोगका हिसाबले प्रेस जगतले छलाङ मारेको छ ।
    संयोजन, विकास तथा प्रसारका हिसाबमा जटिलता पारगर्दै पाठकमाझ पुग्ने हाम्रा परम्परागत संचारका माध्यमहरु सूचना तथा संचारको विकाससँगै परिवर्तित बनेका छन् । घटनाका प्रत्यक्ष दृष्य प्रवाह पाठक स्रोता दर्शकको माग हुन थालेको छ । यो परिस्थितमा प्रेसजगत आफू पनि परिवर्तन हुन जरुरी छ ।
    अहिले सूचना दिने सबैलाई हेर्र्ने दृष्टिकोण एउटै बनेको छ । मिडिया हुन सा सोसल मिडिया सूचना ग्रहण गर्ने वर्गले एकै ंदृष्टिले हेर्ने अवस्था बनेको छ । राष्ट्रिय टेलिभिजन होस या कैद गरिएको भिडियो पोष्ट गर्ने सामाजिक संजाल फेसबुकको सामान्य पेज दुवैको स्थान समान जस्तो देखिन थालेको छ । त्यतिमात्र होइन पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तमा रही सत्य तथ्य र निस्पक्षता विपरित फेसबुक पेजमा झुम्मिने प्रतिकृया दिनेको संख्या बृहत देखिन्छ । फेसबुक पेज, युट्युब च्यानल संचालक र प्रेस जगतमा आवद्धहरुको स्थानलाई समान रुपमा हेर्ने प्रचलन बढेको छ । यसलाई कुन रुपमा लिने पत्रकारिता अनि मिडियाको क्षेत्र बृहत भयो अथवा साघुरिँदै गयो ?
    यहीँ पत्रकारिता र पत्रकारहरुकोे स्थान सुरक्षित राख्ने पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ अधिवेशनको निकटमा छ । महासंघ जस्तो एक बृहत संस्थाले पत्रकारिताको गाम्भिर्यता, पत्रकारको पेसागत सुरक्षाको संरक्षण तथा बर्तमानमा मिडिया र सोसल मिडिया बिचको अन्योलता जसले पत्रकारितामा परेको प्रभाव जस्ता विषयमा ध्यान दिनु जरुरी छ । मिडिया वा सोसल मिडिया सामन दृष्टिकोण राख्नेहरुका अगाडी प्रकाशित प्रशारित सामग्री प्रति विश्वास घटेको छ । त्यससँगै विज्ञापन बजारमा प्रत्यक्ष असर छ भने विभिन्न निकायहरुमा पहिचान अभावकै कारण मिडिया जगतलाई अर्थलोलुुपको आरोप भोग्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ ।
    पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको लागि यो विषय चूनौती हो । यसको शुद्धिकरण गर्नु महासंघको जिम्मेवारी हो । तर महासंघको नेतृत्व कसले कुन रुपमा हत्याउने भन्ने होडबाजी चलिरहेका बेला मिडिया जगतको विकल्पमा महसंघ आवद्ध सदस्यको शुद्धिकरणको विवादमा महासंघ फसेको छ ।
    हो, पत्रकारितामा सम्बन्ध विच्छेद गरिसकेका सदस्यहरुको आवद्धता रहीरहनु उपयुक्त हुँदैन । तर पत्रकारितामा जोडिइनै रहेका सदस्यहरुलाई मनमर्दन हुने किसिमले शुद्धिकरणको नाममा गरिएको क्रियाकलाप गलत छ । प्रविधिले विश्व भुमण्डलीकरणको प्रभावमा परेका बेला सातसमुन्द्र पारी रहेर जीवन धन्न श्रम बेच्छ र बाँकी समय कसैले पत्रकारितामा सक्रियता देखाउँछ भने उसलाई महासंघको दुष्टिमा पत्रकारका श्रेणीमा राख्न किन लज्जा ?
    हरेक बर्ष नारामा समावेश गरिने न्यूनतम् परिश्रमिक कार्यान्वयन नै नभइरहेको अवस्थामा विशुद्ध पत्रकारिता पेसा अपनाई जीवन चलाउन सहज होला ? न्यूनतम् पारिश्रमिक कार्यान्वयन भएकै खण्डमा पनि उक्त रकमले जीवन धान्न सहज छैन सबैले बुझेकै विषय हो । त्यहीँ न्यूूनतम् पारिश्रमिक नै कार्यान्वयन नएको अवस्थामा अन्य पेसामा संलग्न भन्दै अन्य पेसा सँगै पत्रकारितामा संलग्नहरुको सदस्यता खारेज गरिनु कति उपयुक्त ? माथि उल्लेख गरिए झै एक समान्य नागरिकले पेज मार्फत सूचना दिँदा सेवाग्राहीले उसलाई पत्रकारको सूचिमा दर्ज गर्छ भने योग्यता क्षमता र सक्रियता भएकालाई छाता संगठनमा समेटन बाधा किन ?
    बिशुुद्ध पत्रकारितामा संलग्न सदस्य कति छन् ? हाल कायम रहेका सदस्य मापदण्ड बमोजिम पत्रकारिता भन्दा फरक पेसा नअंगालेका, कुनै दलको समितिमा नरहेका कुनै संस्थामा आवद्धता नजनाएका मात्र हुन त ? अनि सदस्यता नविकरण नगर्ने निर्णय भएकाहरु पहिले पत्रकारितामा रहेका र हाल पत्रकारिताबाट टाढा रहेका मात्र छन त ? कसैले विदेशी भूमिमा रहेर पत्रकारितामा सक्रियता जनाउँछ भने पनि त्यस्ता व्यक्तिको मानमर्दन हुने गरि कारण देखाउँदै सदस्यता हटाउन सिफारिस गरिनु कति उपयुक्त ?
    लोकतन्त्रको संरक्षण मात्र होइन समाजमा व्याप्त भष्ट्रचार नियन्त्रणमा मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । जहाँ मिडियाको उपस्थिति कमजोर छ त्यहाँका नागरिकले राज्यपक्षबाट प्राप्त गर्ने सेवा सुविधाको पक्ष कमजोर हुन्छ । यसका लागि पनि त्यस्ता विषयवस्तु प्रकाशमा ल्याउनु जरुरी छ । ल्याउने सदस्यको आवश्यकता छ । तर पत्रकार महासंघ समग्र मिडिया जगत सामाजिक संजालहरुको जालोमा पर्दा पनि आफै कमजोर बन्ने गरी शुद्धिकरणको नाममा कमजोर बन्दै छ । समाजमा अमनचयन, विधिको शासन कायम राख्न तथा लोकतन्त्रको रक्षामा भन्दा पनि आफ्नै संगठनको विवादमा रुमलिएको छ । जसको प्रभाव जिल्ला जिल्लमा सम्म परेको छ ।
    सक्रिय सदस्यलाई स्थान दिँदैमा महासंघलाई कुनै अर्थभार पर्ने होइन । सदस्य संख्याको कुनै सीमा निर्धारण पनि छैन । पत्रकारिताबाट निस्कृय सदस्यको सदस्यता नविकरण नहुँदा कहिँकतैबाट विरोधको आवाज पनि आउने छैनन् । तर हाल सबै जिल्लाका संचारकर्मी महासंघको क्रियाकलाप प्रति रुष्टता जनाइरहेका छन् । यसबाट महासंघले एकपटक स्वमूल्यांकन गरेर पनि हेर्ने हो की ? दशकौं देखि महासंघमा आवद्ध रहेका, नेतृत्वलिएका महासंघको विकासका लागि महत्वपूर्ण भूमिका खेलेकाहरुलाई नै पखा लगाउँदै आफू सक्षम, दर्विलो अनि गर्भिलो र शुद्ध बन्ने प्रयास गरिरहँदा राज्यका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको स्वर्णअक्षरमा नाम अंकित गर्न सफल महासंघ नै विवादित बन्ने त होइन ?
    पहिचान डटकमबाट साभार

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑