• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    साताव्यापी बिश्व स्तनपान दिवस सकियो, नेपालमा कति आमाहरूले गर्छन् स्तनपान ? – तथ्यांक सहित

  • राजन दाहाल
  • २०८० श्रावण २२, सोमबार (३ साल अघि)
  • १४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काभ्रे /धुलिखेल
    साताव्यापी बिश्व स्तनपान दिवस आज सकिएको छ । “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ अगस्ट १ देखि ७ अर्थात यहि श्रावण १६ देखि २२ सम्म बिश्व स्तनपान दिवस मनाइएको हो । दिवसको अबसर पारेर स्वास्थ्य कार्यालय काभ्रेले आज जिल्लामा रहेका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुसंग अन्तर्क्रीया कार्यक्रम गरेको छ ।
    कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम शेढाइले आफ्नो प्रस्तुति देखाउदै एक शिशुकोलागि सर्वोत्तम पौस्टिक आहार भनेको आफ्नो आमाको दूध रहेको बताउनुभएको छ । साथै उहाँले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनेदेखि सुरक्षित एबम सजिलै उपलब्ध हुने आहार भनेको स्तनपान भएको बताउनुभयो । शिशुलाई स्तनपान गराउदा कुपोषण नहुने र बाल मृत्युुदर २० प्रतिशत घट्ने पनि बताउनुभयो ।
    नेपाल डेमोग्रफिक स्वास्थ्य सर्वेको तथ्यांक २०२२ अनुसार नेपालमा जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत, जन्मेको ६ महिना सम्म पुर्ण स्तनपान गराउने महिलाको संख्या ५६ प्रतिशत र २ बर्ष सम्म स्तनपान गर्ने ९४ प्रतिशत रहेका छन् । त्यस्तैगरि छ महिना सम्म पुर्ण स्तनपान गराउने महिलाको संख्या कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७४ प्रतिशत रहेको छ ।
    पुर्ण स्तनपानको बिश्लेषण गर्दा आमाको शैक्षिक अवस्था र परिवारको आर्थिक अवस्थाले पनि फरक पारेको छ । शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले स्तनपान गराउँदछन् भने आधारभूत शिक्षा पाएका ६१ प्रतिशत र माध्यामिक शिक्षा पाएका ५३ प्रतिशत आमाहरूलेमात्र स्तनपान गराउने गर्दछन् । यस तथ्यांक अनुसार शिक्षित आमाहरुले कम स्तनपान गराउने गरेको पाइन्छ ।
    त्यस्तैगरि डा. शेढाइले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार नेपालमा दुधदानीबाट दुध खुवाउनेहरुको संख्या २२ प्रतिशत रहेको छ । जसमा कोशी प्रदेशमा २५ प्रतिशत, मधेस प्रदेशमा १२ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा २७ प्रतिशत, लुम्बिनी प्रदेशमा २४ प्रतिशत, कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा १५ प्रतिशत रहेको छ ।

    दुधदानिबाट दूध खुवाउनेहरिको विश्लेषण गर्दा आमाको शैक्षिक अवस्था र परिवारको आर्थिक अवस्थाले पनि फरक पारेको छ । शिक्षा नभएका १२ प्रतिशत आमाहरूले दुधदानिबाट दूध खुवाउने गर्दछन, आधारभूत शिक्षा पाएका १४ प्रतिशत र माध्यामिक शिक्षा पाएका ३१प्रतिशत आमाहरूलेमात्र स्तनपान गराउने गर्दछन् भने उच्च शिक्षा पाएका ४९ प्रतिशत आमाहरुले दुधदानिबाट दूध आफ्नो शिशुलाई खुवाउने गर्दछन । यस तथ्यांक अनुसार शिक्षित आमाहरुले कम स्तनपान गराउने र बढी दुधदानिको प्रयोग गर्ने गरेको पाइन्छ ।

    पछिल्लो अबस्थामा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण पनि बढ्दै गएको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण पनि नियन्त्रण ऐन २०४९ मा भएका नियमहरु पालना गरेको पनि देखिदैन । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण नियन्त्रण ऐन २०४९ मा उत्पादक तथा वितरकले गर्न नहुने कार्यहरुमा कुनै पनि उत्पादकले उत्पादन को प्रबर्धन गर्न नहुने, सिसि बाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा सो भन्दा विशिष्ट छ भनेर प्रचार प्रसार नगर्न, सो बस्तु को प्रचार प्रसार रेडियो, टि. भि. फिल्म, पत्रपत्रिका, सूचना संचार, तस्विर, संकेत, बिलबोड आदिबाट गर्न नहुने भनी उल्लेख छ । त्यस्तै गरि स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताले गर्न नहुने कार्यहरुमा स्वास्थ्य संस्थाको हाता भित्र र परिसर वरिपरि कुनै पसल फार्मसी क्लिनिक आदिमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु राम दिन नहुने, स्वास्थ्यकमी (डाक्टर/नर्स/ पारामेडिक्स आदि) ले आमाको दुधलाई प्रतिस्थापन गर्ने गरि सल्लाह सुझाव दिने, Prescribed गर्ने प्रबर्धन गर्ने संरक्षण गर्ने आदि गर्न नहुने भनी उल्लेख गरेको छ । तर यसको नियमन भने फितलो भएको पाइन्छ ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले सम्पुर्ण सरकारी कार्यालयमा एक वटा स्तनपान कक्षको व्यवस्था गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑