• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    प्रदेश मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसा, भन्छन् सबै सांसदका योजना समावेश गराए

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० अषाढ २२, शुक्रबार (३ साल अघि)
  • १९०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • हेटौंडा
    बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको कार्यशैलीको प्रशंसा भएको छ । बजेट माथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलका सांसदले समेत न्यायपूर्वक बजेट विनियोजन गरेको भन्दै उनको प्रशंसा गरेका हुन् ।
    नेकपा एमालेको तर्फबाट अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका केशवप्रसाद पोखरेलले विपक्षीका योजना मागेरै समेटेको भन्दै प्रशंसा गरे । ‘खानेपानी मन्त्रीको सचिवालयले तपाईका प्राथकिताका केही योजना दिनुस् भनेर आफै माग्नुभयो, केही परेका छन्, क्रमागत योजना केही छुटेका छन्,’ उनले भने, ‘कम्तीमा उहाँहरुले त्यति गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
    अघिल्लो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति रहेकी एकिकृत समाजवादीका सांसद रमा आलेमगरले व्यक्तिगत रुपमा समन्वय गरेर बजेट विनियोजन गरेको भन्दै खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा र मन्त्रालयलाई धन्यवाद दिइन् । अन्य मन्त्री र मन्त्रालयले समविकासमा ध्यान नदिएको भन्दै त्यसले अर्थ नदिने प्रतिकृया दिइन् ।
    सिन्धुलीकी एमाले सांसद सुकुमाया तामाङले अन्य मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट लगभग ‘शुन्य’ भएपनि खानेपानी मन्त्री र उनको सचिवालयले सोधेरै योजनामा बजेट विनियोजन गरेको भन्दै प्रशंसा गरिन् । एमाले भक्तपुरकी सांसद सकुन्तला श्रेष्ठले विपक्षीबाट बधाई खाने मन्त्री तिर्थ लामालााई मनै देखि धन्यवाद दिएको बताइन् । ‘मैले ६ वटा मन्त्रालयमा योजना पेश गरेको थिए, खानेपानी मन्त्रालय बाहेक अरु कुनै मन्त्रालयमा योजना परेन’ उनले भनिन्, ‘मैले पेश गरेका २ वटै योजना सम्बोधन गरिदिनु भएकोमा मन्त्रीलाई धन्यवाद ।’ एमाले सिन्धुपाल्चोककी सांसद माइली तामाङले ६ वटा योजना पेश गरेकोमा खानेपानी मन्त्रीले ६ नै वटा योजना समावेश गरिदिएको भन्दै प्रशंसा गरिन् ।
    दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मोनिका श्रेष्ठले मन्त्रीज्यू मध्ये खानेपानी मन्त्रीले योजना समावेश गरिदिएको भन्दै धन्यवादको पात्र भएको बताइन् । कांग्रेसबाट निर्वाचित धादिङका मधुकुमार श्रेष्ठ, उर्मिला नेपाल लगायतले बजेट विनियोजन गर्ने मन्त्रीको शैलीको प्रशंसा गरेका थिए ।
    नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य लामाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गरेका थिए । कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑