• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ६ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  अन्तरवार्ता

    मेथिनकोट प्रादेशीक अस्पतालमा इ.सि.जि.र मुटुको परीक्षण निशुल्क हुन्छ –डा.पुरुषोत्तम सेढाइ

  • राजन दाहाल
  • २०७९ मंसिर १८, आईतबार (३ साल अघि)
  • १५४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सिरुपाते छलफल तथा कुराकानीमा काभ्रेको समग्र स्वास्थ्य अवस्थाको बारेमा र बिशेष गरि भकुण्डे स्थित मेथिनकोट प्रादेशिक अस्पताल र त्यहाँ पाइने उपचार र उपचारमा सर्वशुलभताको बिषयमा रहेर स्वास्थ्य कार्यालय काभ्रेका बरिस्ठ स्वास्थ्य प्रशासक एबम मेथिनकोट प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम शेढाइ संग गरिएको कुराकानी यहाँ राखिएको छ ।

    ३५आंै विश्व एड्स दिवस के कस्ता कार्यक्रम गरी मनाउनुभयो ?
    हामीले ३५आंै विश्व एड्स दिवस काभ्रेपलान्चोक जिल्लाको १३ ओटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनायौँ । धुलिखेलमा दीप प्रज्वलन गरी प्रभातफेरि गयौँ । त्यसैगरी हामी विभिन्न ठाउँमा निःशुल्क रगतको परीक्षण पनि गर्यौँ जस्तो बसपार्कमा गर्यौ, त्यसपछि प्रदेश प्रयोगशालमा पनि गर्यौ र जेलमा पनि हामीले रगतको परीक्षण निःशुल्क रुपमा गर्यौ ।
    एच आई भी. एड्स सम्बन्धि काभ्रेमा तथ्यांकहरु काभ्रेमा के कस्तो रहेको छ ?
    काभ्रेपलान्चोकको तथ्यांक हेर्दा विगत ३ वर्षमा हेर्दाखेरी सुरुमा २०७६।७७ को आर्थिक वर्षमा ५२ जनाले औषधी खाइरहेको अवस्था थियो । ७७।७८ मा ७७ जनाले औषधी खाइरहेको अवस्था छ भने, अहिले चाहि ८६ जनाले औषधी खाइरहेको अवस्था छ । यसरी हेर्दा काभे्रमा औषधी खानेको संख्या प्रत्येक वर्षमा बढ्दो मात्रामा रहेको छ । र कतिपय अवस्थामा चाहि जिल्लामा काभे्रमा नखाएर काभ्रे बाहिर पनि खाने संक्रमितहरु हुनुहुन्छ । सरसर्ती हेर्दा चाहि औषधी प्रभावकारी भएको हुनाले औषधीको प्रयोगदर निकै बढ्दो रहेको छ ।
    बढ्दो दरलाई न्यूनिकरण गर्नको लागि स्वास्थ्य कार्यालय काभ्रेले खेलेको भूमिका चाहि कस्तो छ ?
    यो राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम हो । यसमा चाहि नेपाल सरकारको सबै संरचनाले काम गरिरहेको छ । भन्नुको अर्थ गाउँपालिका, नगरपालिकाको स्वास्थ्य शाखा, हेल्थ पोष्ट सबै ठाउँमा यसको परामर्श हुने गर्छ र रगतको परीक्षण पनि हुने गर्छ । अर्को चाहि काभ्रेमा जति गर्भवती हुनुहुन्छ, सबै गर्भवतीको एच आई भी को परीक्षण हुन्छ र यदि पोजिटि रहेछ भने बच्चालाई सर्छ कि भन्ने अर्थले गरिएको हो र यदि पोजिटिभ छ भने यसको उपचार छ र औषधी खायो भने बच्चामा सर्दैन । त्यसैकारणले यो महत्वपूर्ण छ । त्यसैले त्यो पनि हाम्रो कार्यक्रम रहेको छ भने अर्को चाहिँ काभ्रेको विभिन्न ठाउँमा परीक्षण हुन्छ जुन निः शुल्क हुन्छ । साथै धुलिखेल अस्पतालमा एच. आई. भि. विरुद्धको औषधी निः शुल्क उपलब्ध हुन्छ यसरी विभिन्न माध्यमद्धारा चाहि एच. आई. भि. को क्षेत्रमा सहयोग पुर्याउदै आएको छ र अब छिट्टै नै मेथिनकोट अस्पालतमा पनि यो सेवा सुरु गर्र्छाै ।
    स्वास्थ्य कार्यालय काभ्रेले नागरिकको स्वास्थ्यको पहुँचसम्म पुग्नको लागि स्वास्थ्य सम्बन्धि के कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?
    नगरिकको स्वास्थ्यको पहुँच पुर्याउनको लागि स्वास्थ्य सम्बन्धि विभिन्न संरचनाहरु छ, त्यो चाहि नि स्थानीय सरकारसँग रहेको स्वास्थ्य शाखा छ, त्यसमा पनि प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, गाउँघर क्लिनिक, खोप केन्द्र, आमा समूह यि चाहि हाम्रो स्वास्थ्य निकायहरु ह्ुन् त्यस्तै, अब प्रदेश अन्तर्गतको चाहि मेथिनकोट अस्पताल चाहि ५० वेडको अस्पताल रहेको छ । स्वास्थ्य कार्यालय आफैले पनि १०० वटा भन्दा बढि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्छ । यसलाई चाहि हामीले निरन्तर गर्दै छौँ । खोप, गर्भवती परीक्षण, सुत्केरी सेवा, गर्भ पश्चात् जाँचको कुराहरु, अन्य आधारभूत सेवा लगायतका सेवाहरु हामीले सञ्चालन गर्दै छौँ ।
    काभ्रे जिल्लामा कहिले कोभिड, कहिले डेंगी लागेर थला परेको अवस्था छ काभ्रे जिल्लामा कोभिड र डेंगी रोगबाट संक्रमित र मृत्यू हुनको संख्या र अवस्था कस्तो रहेको छ ?
    कोभिड र डेंगीको बारेमा हामी भुक्त भोगी नै छौँ । कोभिडले त हामीलाई ३ वर्ष अगाडि देखि नै सताइरहेको छ । सुरुको बेला देखि नै कोभिडको परीक्षण निः शुल्क भइरहेको अवस्था हो र अहिलेसम्म करिब करिब १८१५१ जना संक्रमित भइसकेको अवस्था छ । अधिकांस निको पनि भइसकेको छ । तर दुखद् कुरा चाहि १९६ जनाले विगत ३ वर्षको अन्तरालमा मृत्युवरण गर्नुपरेको स्थिति छ । अहिले चाहि कोभिडको संक्रमण देखिएको छैन । तर पनि पछिल्लो समयमा नयाँ नयाँ भेरियन्ट आइरहेको अवस्था छ । यसमा हामी सजग हुन आवश्यक छ त्यो भनेको के हो भने अझ पनि माक्सको प्रयोग गर्न जरुरी छ । भिडभाडमा जाँदा सचेत हुन जरुरी छ । अहिले पनि कोभिडको शंका लागेको छ भने निः शुल्क परीक्षण हुन्छ र परीक्षण गर्न पनि हामी आग्रह गर्दछौँ । अर्को कुरा डेँगीको सवाल डेँगीले नेपालको ७७ ओटै जिल्लामा फैलियो । तराई देखि हिमाली भेगसम्म सतायो । काभ्रेमा पनि नसताएको होइन तर पनि काभ्रेमा प्रयत्न राम्रो रह्यो । सबै पालिकाको सचेतना जगाएको अवस्था रह्यो । अन्य जिल्लाहरुमा भयावह स्थिति आइपर्यो भने काभ्रेको हदमा त्यस्तो भयावन स्थिति त भएन तर पनि ७०० जनामा डेंगी संक्रमण भयो । यसको परास्त गर्नको निम्ति विभिन्न गतिविधि सञ्चालन गर्यौँ । अर्काे कुरा चाहि दुखत भन्नुपर्छ । ७०० जना संक्रमित भएको मध्ये २ जनाले चाहि मृत्युवरण गर्नपरेको अवस्था आयो । त्यसकारण अहिले पनि सजग हुन आवश्यक छ । अहिले जाडो छ अहिले कम छ तर पनि फाट्ट फुट्ट देखा परेको हुनाले यसको उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । अझै आम जनसमुदायमा नम्र निवेदन के छ भने सबै जनाले व्यक्तिगत सुरक्षा हेरविचार गर्नुपर्यो । घरवरिपरि पानी जम्ने ठाउँ नराख्ने घरमा झुलको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगाहरु लगाउने यी कुराहरुमा ध्यान दिनुपर्छ र परीक्षण अहिले पनि निःशुल्क छ । अर्को कुरा के छ भने अहिले त हामीले एक प्रकारले पार पायौँ अर्को वर्ष पनि जेठ असारबाट चाहि डेँगी देखिने सम्भावना छ । अहिले डेँगीको जोखिम धेरै ठाउँमा भएको छ । त्यो भनेको के हो भने टायरहरुमा रहन्छ भन्ने हामीलाई थाहा छ । अर्को वर्षमा टायरहरुमा पानी जमि राख्ने कारणले चिसो भइराख्ने कारणले त्यो जोखिम छ दै छ अर्को भनेको कृषिमा पनि टायर प्रयोग भएको छ । त्यहा पनि जोखिम छ । अर्को भनेको घरको छानाहरुमा पनि टायरहरु राखिएको छ । अर्को भनेको खपटा माटोको भाँडोहरु जतासुकै छरिएको छ । त्यहा पनि पानी जमेको हुन्छ त्यति मात्र नभई मन्दिरहरुमा पनि ठूलठूला खपटाहरु रहेको पाइन्छ । त्यसमा पनि पानी जम्ने स्थिति छ र त्यहा पनि पानी जम्ने स्थिति भएको हुनाले निकै कम भएपनि अझ पनि जोखिम छ र खास भन्नुपर्दा अर्को वर्ष जेठ असारबाट फेरि पनि आउन सक्छ कि भन्ने त्यो सम्भावना भएकोले हामी सजग हुनुपर्नेछ र त्यसको तयारीको अवस्थामा पनि अहिले हामी लाग्नुपर्ने अवस्था छ ।
    अहिले नसर्ने रोगको तुलनामा सर्ने रोग बढि फैलिएको छ देखिन्छ यसको कारण के कस्तो हुन सक्छन् ?
    सर्ने रोगको कुरा गर्नुपर्दा पहिले झाडापखाला धेरै नै थियो अहिले झाडापखाला धेरै कम छ । हाम्रो लागि खुसीको कुरा हो । तर सर्ने रोगमा के भयो भने अहिले कोभिड जस्तो, महामारी धेरै फैलियो । हामीले सजग हुनुपर्ने छ, हामीलाई थाहा छ यो कसरी सर्छ भनेर, अर्को कुरा हाम्रो लापरवाहीको कारणले सर्ने रोग जस्तो डेंगी जस्तो यसमा पनि हामी सजग हुनुपर्ने अवस्था छ । अर्को मुख्य कुरा नसर्ने रोगको चुनौती चाहि धेरै छ । त्यो भनेको के हो भने हाइपोटेन्स अहिले एकदमै बढि भएको देखिएको छ । यसबाट पनि बच्न सकिन्छ त्यो भनेको व्यायाम गर्ने, अनावश्यक तारेको भुटेको चिल्लो चिजहरु नखाने, फ्रेश भेजिटेवल फलफूलहरु खाने, सेवन गर्ने गर्नुपर्छ त्यसपछि ३० वर्षभन्दा माथिकोहरुले रगतको परीक्षण गराउने, सजिलै पत्ता लाग्छ सबै हेल्थपोष्टहरुमा हुन्छ । त्यसपछि सामान्य औषधीहरु छ त्यो खायो भने हाइपोटेन्सबाट हामी बच्न सक्छौँ । हाइपोटेन्सनबाट बच्ने भनेको के हो भने यसबाट हुने जटिलता जस्तैँ ः मृगौलालाई हान्छ, आँखालाई हान्छ, मुटुलाई हान्छ, किड्नीलाई हान्छ । यसरी सबै कुरा हाइपोटेन्सन कन्ट्रोल गर्न सकियो भने यो नसर्ने रोगको ठूलो चाङलाई हामी कम गर्न सक्छौँ । त्यसैले अव यसमा सबैको ध्यान जान जरुरी छ । वाग्मती प्रदेश र काभ्रे जिल्लाले पनि मुख्य मन्त्री जनता परीक्षणको नाममा विभिन्न सेवाहरु सुरु गरिरहेको अवस्था छ । हेल्थपोष्टबाट रगतको जाँच गर्ने, प्रेसरको जाँच गर्ने, मेथिनकोट अस्पतालबाट अब थप सेवाहरु इ.सि.जी. सेवाहरु सुरु गर्दैछ । त्यसैले यो सेवा लिन हार्दिक अनुरोध गर्दछौँ । खास आम जनसमुदायले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरुरी छ । किनभने भोली प्यारालाईसिस भएर हृदयघात भएर आँखा अन्धो अपांग भएर बस्नुपरेको अवस्था एकदम नराम्रो हुन्छ त्यसकारण यसमा हामी विशेष दिन्छाँै । अर्को चिनीको रोग बढ्दो क्रममा छ । त्यसकारण खानपिनमा याद गर्ने, बढि मात्रामा चिनी प्रयोग नगर्ने, यसको पनि रगतको जाँच गर्ने,सजिलैसँग जाँच हुन्छ । सामान्य औषधीले चिनीको रोगलाई कम गर्न सकिन्छ । अर्कोे भनेको क्यान्सरको दर बढ्दो क्रममा छ । यो हाम्रो लागि चिन्ताको विषय छ । त्यसकारण अबको दिनहरुमा हामीले चाहि नि क्यान्सरको कारणबाट पनि बच्न जरुरी छ । त्यो भनेको के हो भने अव वातावरणमा जथाभावी विषादी छर्न भएन, त्यसकारण कृषिसँग पनि समन्वय गर्दैछौ यसबारेमा आम समुदायले ध्यान दिन जरुरी छ । अर्को कुरा भनेको पाठेघरको क्यान्सर धेरै संख्यामा रहेको हुनाले सामान्य स्क्रीनिङबाट थाहा हुन्छ हामीले विभिन्न क्याम्पहरु सञ्चालन गरेका छौँ । त्यसैले महिलाहरुले पाठेघरको स्क्रीनिङ गरेर पहिचान भयो भने क्यान्सर हुनबाट हामी रोक्न सक्छौँ । भइसकेपछि त उपचार खर्च बढि हुन्छ तर हामी रोक्न सक्छोेै । र अर्को कुरा क्यान्सर अव निको हुदैँन भन्ने होइन क्यान्सर अब निको हुन्छ । तर के त भन्दा समयमा पहिचान हुन जरुरी छ । त्यसले गर्दा पाठेघरको क्यान्सरमा हामीले ध्यान दिनुपर्ने छ । र स्तन क्यान्स पनि बढ्दो क्रममा छ र पुरुषहरुमा पनि फोक्सोको क्यान्सर पनि रहेको छ । त्यसकारण यसबाट बच्नको लागि धुँवा धुलो, चुरोट, तमाखु, सुर्ती चुरोट जुन छ, यो त क्यान्सरको पक्का कारण हो । त्यसकारण यसको रोक्न जरुरी छ । त्यसका लागि जनचेतना हामीले जारी नै गरेका छौँ धेरै हदमा घट्दो क्रममा पनि छ तर पनि अहिले पनि छ । त्यसकारण हामी बेलैमा सचेत हुन जरुरी छ ।
    विशेषगरी स्तन क्यान्सर के कारणले हुने गर्छ ?
    यसको यहि नै कारण भन्दा पनि त्यस्तो विशेष कारण त छैन त्यहि सामान्य कारणहरु नै हो । जस्तो स्तनपान नगराउँदा सम्भावना बढि हुन्छ । जुन अहिले विषादी युक्त खाद्यान्नहरु छ त्यसले गर्दा पनि हुन सक्छ यसको ठ्याक्कै यहि कारण भन्दा पनि यसरी यस्ता जनरल कारणबाट नै हामी बच्नुपर्ने हुन्छ ।
    मेथिनकोट प्रादेशिक अस्पतालमा के कस्तो कार्यक्रमहरु ल्याउनु भएको छ ?
    अब चाहि मेथिनकोट अस्पताललाई ५० वेडको अस्पताल बनाउदैछाँै । यसको लागि तत्काल अहिले चाहि हाम्रो भवन सानो छ, ठाउँ सानो छ । तर अहिले के गरेका छौ भने जे जस्तो जनशक्ति छ, त्यसको प्रयोग गर्ने, जे जस्तो ठाउँमा त्यसकै प्रयोग गर्ने र सेवा सुरु गर्ने नयाँ ठाउँ थप्दै जाने भन्ने छ । त्यसरी चाहि हामीले सुरु गरिरहेका छौँ । अहिले चाहि हामीले के गरेका छाँै भने हाम्रो इमर्जेन्सी सेवा २४ सै घण्टा छ । हाम्रो प्रयोगशाला २४ सै घण्टा छ । हाम्रो इन्डोर सेवा २४ सै घण्टा छ हामी यसलाई २४ सै घण्टा गर्छौ । अर्को भनेको प्रत्येक महिनाको अन्तिम विहिबार मानसिक स्वास्थ्य सम्बन्धि विशेषज्ञ सहितको मानसिक रोगको उपचार गर्छौँ । थप चाहिँ हृदयघात भएर मान्छे मर्नुपर्दैन हाम्रो जिल्लामा यदि छातीमा धेरै पीडा भयो भने हृदय घातको लक्षण देखियो भने मेथिनकोट पुग्यो भने मेथिनकोटमा इ.सि.जि. निशुल्क हुन्छ । अरु मुटुको परीक्षण निशुल्क हुन्छ त्यो हाम्रो व्यवस्थापन समितिले निर्णय गरेको छ । महँगो औषधीहरु पनि निशुल्क हुन्छ । यहाबाट गंगालाल अस्पतालमा आएको विरामीको पनि उसको उपचार नि शुल्क हुन्छ । त्यसकारण काभ्रेका नागरिकहरुका निम्ति मेथिनकोट अस्पतालले महत्वपूर्ण अनि महँगो कार्यक्रम सुरु गरिसकेको छ । हामीले दाँतको सेवा, सर्जरी सेवा, यू. एस. इं सेवा पनि सुरु गरेका छौँ । छिट्टै नै हामी ५० वेडको सुरु गर्दैछौँ । अव साडे २ वर्ष जतिमा हाम्रो नयाँ भवन पनि हुन्छ । अहिले जे जस्तो छ, त्यसैमा सेवा प्रदान गरिरहेका छौँ ।
    मानसिक स्वास्थ्य के हो ? यसको बेलैमा उपचार नहुदा के कस्ता घटना घट्न सक्छन् ?
    शरीरमा अन्य समस्या जस्तो मानसिक समस्या पनि एक समस्या हो । हामी नेपालीहरुमा हेर्ने हो भने २५ प्रतिशतमा केही न केही मानसिक समस्या छ । यो समस्याको विषयमा खुलेर कुरा गर्नपर्छ । करिव २ प्रतिशतमा कडा खालको मानसिक समस्या छ । यो समस्याको पहिचान गरेपछि खासगरी काभ्रेमा चाहि विभिन्न कारणले गर्दा यो समस्या आउन सक्छ यसमा वंशजको रोल अलिकति हुन सक्छ । आर्थिक कारण, सामाजिक सम्बन्ध, पारिवारिक कलह, श्रीमान श्रीमति बिचको कलह जस्ता कारणले पनि भएको छ । काभ्रेमा विगत ३ वर्ष देखि हेर्ने हो भने आत्महत्या दर चाहि कहालीलाग्दो छ । सुरुको ७६।७७ को कहाली लाग्दो थियो अहिले क्रमश विस्तारै घट्दै गएको अवस्था छ किनकी धेैरै पालिकाहरुमा डाक्टर या परामशकर्ता पनि राख्नुभएको छ । मेथिनकोट अस्पतालले विशेषज्ञ सेवा नै सुरु गरेको छ । यो समस्या कम गर्नको निम्ति गाउँपालिका,नगरपालिका मेथिनकोट अस्पताल साथै धुलिखेल अस्पतालले पनि यो सेवा प्रदान गरेको छ । यसकारणको यसको रोकथामको निम्ति परामर्श दिने, जनचेतना फैलाउने, राजनीतिक संरचना हाम्रो जनप्रतिनिधीहरुसँग छलफल गर्ने यसको दीर्घकालीन समाधानको निम्ति कार्ययोजना बनाउने जस्ता कार्य गर्दैछौ । धेरै मात्रामा घटाउन पनि सफल छौँ अझ हामी धेरै पालिकाहरुमा जान्छौ । छलफल गर्छौँ, आवश्यक तालिम पनि दिएका छौँ र आगामी दिनमा पनि दिन्छौँ । विद्यालयका भाइबहिनी लगायत समुदाय स्तरमा हामीले कार्ययोजना बनाएर अगाडि बढिरहेका छौँ र बढ्छौँ पनि ।
    स्वास्थ्य विमा कार्यक्रम सरकारले ल्याएको छ तर आम नागरिकलाई विमा गराउनको निम्ति स्वास्थ्य कार्यालयले कुनै भूमिका खेलेको छ ?
    काभ्रेमा विमा कार्यक्रम उल्लेख्य मात्रामा छैन । अव यस वर्ष चाहि विमा कार्यक्रलाई विभिन्न तरिकाले बढावा गर्नको लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । विशेषगर मेथिनकोट अस्पतालले यो वर्ष विमा कार्यक्रम सुदृढिकरण गर्न को निम्ति विभिन्न अभियानहरु चाहि सञ्चालन गर्छ ।
    जस्तै विमा गर्नेहरुले पनि चापको कारणले राम्रो सेवा सुविधा पाइरहेको छैन । औषधीहरुको पनि सर्वसुलभता छैन भन्ने विमितहरुको गुनासो आउने गरेको छ । यो कसरी भएको होला ?
    यसमा कस्तो छ भने विमाको लामो इतिहास पनि छैन । यो भर्खरै सुरु गरेको हो । त्यसकारण सानो नै मान्नुपर्छ विमा कार्यक्रम चाहि त्यसले गर्दा अलिअलि केही समस्या चाहि छ । त्यसलाई हामीले कम गर्ने प्रयास गर्दैछौँ । त्यो भनेको विशेषज्ञ र सेवा दिने कुरामा त्यसलाई व्यवस्थित गर्ने हो । अर्को भने औषधी र चाहिने चिजहरुको सुनिश्चितता गर्ने हो । यी कुराहरु नै हो । कहिलेकाही औषधीको सर्टेज केही समस्या भने आएको हो यसको निराकरण गर्न लागि चाहि यसपटक हामी विमा सुदृढिकरण कार्यक्रम गर्दैछौँ । जुन कमी कमजोरीहरु छ । त्यसलाई निराकरण गर्दै भरपर्दाे सेवा प्रदान गर्ने उदेश्य रहेको छ । तर वीमा छ भन्दैमा अनावश्यक परीक्षणको डिमाण्ड गर्ने त्यो पनि आवश्यक होइन र अनावश्क खर्च गराइने पनि होइन किनभने यसमा राज्यको रकम लागेको छ राज्य भनेको हाम्रै पसिना नै हो । त्यसकारण यसमा नैतिकताको कुराहरु आउँछ सेवा दिनेको नैतिकता लिनेको नैतिकता यी सबै कुराहरुमा मध्येनजर गरेर हामीले आवश्यक सेवा दिन र लिन आवश्यक छ ।
    हामी आफू स्वस्थ रहनको निम्ति के कस्ता कुरामा ध्यान दिन आवश्यक छ ?
    शरीर रह्यो भने धर्म गर्ने हो, शरीर रह्यो भने धन कमाउने हो, शरीर रह्यो भने नाम इज्जत कमाउने हो, त्यसकारण सबै कुरा गर्नको लागि शरीर स्वस्थ चाहिन्छ । त्यो महत्वपूर्ण छ त्यसका लागि हामीले गर्ने भनेको सदाचार, स्वास्थकर खाना, सफा ताजा फलफूल गेडागुडीहरु, स्थानीय स्तरमा प्राप्त हुने अन्न तथा खानेकुराहरु खान आवश्यक छ । अर्को भनेको व्यायाम पनि हो । अर्को नगर्नुपर्ने चिज भनेको जंक फुड हो । यो पूर्ण रुपमा नै नखान अनुरोध गर्दछु । त्यस्तै धुम्रपान मद्यपान जस्ता कुराहरु त्याग्न जरुरी छ , अर्को भनेको व्यक्ति व्यक्ति बीचको सम्बन्ध सुमधुर हुन जरुरी छ । हामीले ठाउँ अनुसारको आहार विहार, सदाचार जस्ता कुरामा ध्यान पुर्याउन सक्यौ भने हामी स्वस्थ रहन सक्छौँ ।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑