काभ्रे
नागरिकता पहिलो संशोधन विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको छ । गत शुक्रबार प्रतिनिधिसभाबाट पारित भएको विधेयक हिजोको राष्ट्रियसभाको बैठकले पनि बहुमतका आधारमा पारित गरेको हो । हिजो पारित भएसँगै सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयक अब प्रतिनिधिसभाले राष्ट्रपति समक्ष पठाउँछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउँनेछ । नागरिकता विधेयक कार्यान्वयनमा आएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउनेछन् । बाबुको पहिचान हुन नसकेकाहरूले आमाको नामबाट पनि नागरिकता लिन पाउने छन् ।