तेमाल
“सुशासन सहितको विकास आजको आवाश्यकता पूर्वाधार,शिक्षा स्वास्थ्य र रोजगारमा हाम्रो प्राथामिकता” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकाको एघारौं गाउँसभा आज सम्पन्न भएको छ । गाउँसभामा आर्थिक वर्ष२०७९÷८०को निति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले प्रस्तुत गरेका थिए। असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थालाई ध्यानमा राखेर आर्थिक वर्ष२०७९÷८०को निति तथा कार्यक्रम प्रस्तुत गरिएता पनि बजेट भने अर्को सुचना जारी गरेर प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले ५ वर्षको अवधिमा निर्वाचित सबै जनप्रतिनिधिले पार्टीको इच्छा,आकांक्षा भन्दा माथी रहेर वडा नं १ देखी ९ सम्मको वडा विकासमा लाग्नु पर्ने बताएको छन्।