रोशी
भोलि र पर्सि अर्थात वैशाख ११ र १२ गते काभ्रेको रोशी गाउँपालिकाको सेवा प्रवाह बन्द हुने भएको छ । निर्वाचनको मनोनयन दर्ताका लागि ११ र १२ गते सेवा प्रवाह बन्द हुने गाउँपालिकाले जनाएको छ ।
शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले एक सूचना जारी गर्दै दुई दिन अत्यावश्यकबाहेकक सबै सेवा बन्द रहने जानकारी दिएका छन् । पालिकाका सबै कर्मचारीहरू मनोनयन दर्तासम्बन्धी कार्यमा खटिनुपर्ने भएकाले सेवा बन्द गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।
उक्त दिन मनोनयनका लागि भिडभाड हुने साथै व्यवस्थापन र शान्ति–सुरक्षाका लागि पनि पालिकाको सेवा प्रवाह बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ । पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।