काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको निवास बुढानिलकण्ठमा भएको भेटवार्ता आत्मीय तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। भारत भ्रमणका क्रममा भएका गतिविधि तथा प्राप्त उपलब्धिबारे पनि दुवैबीच छलफल भएको बताइएको छ।
त्यसैगरी आगामी निर्वाचनहरू र निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा सरकारका कामकारबाहीका विषयमा पनि छलफल भएको जनाइएको छ। भेटमा मन्त्रीहरू, विभिन्न मन्त्रालयको कार्यसम्पादन तथा सरकारका गतिविधिबारे समेत दुवै नेताबीच विचारविमर्श भएको थियो।
अध्यादेश तथा आगामी संसद् अधिवेशनका सन्दर्भमा पनि छलफल भएको जानकारी दिइएको छ।




