काभ्रे
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको सभामा गरेको सम्बोधनप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको सभामा सम्बोधन गरेपछि नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सम्बोधन दृढ, सार्थक र जोडदार लागेको बताएका छन्।
बाँस्कोटाले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक नभएको स्पष्ट गर्दै प्रधानमन्त्री शाहले राष्ट्रसंघको सभामा ‘देशको भावना बोलेको’ उल्लेख गरेका छन्। उनले बालेनको सम्बोधनलाई आफूले खुसी मनले समर्थन गरेको बताएका छन्।
बाँस्कोटाले फेसबुकमा लेखेका छन्, “प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले– मैले खुसी मनले समर्थन गरे।”
प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनपछि बाँस्कोटाको यो धारणा सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।




