• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      २ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ४, सोमबार
    होमपेज /  काभ्रे खबर

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

  • राजन दाहाल
  • २०८३ जेष्ठ १०, आईतबार (१ महिना अघि)
  • १३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • काभ्रे / बनेपा

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै बनेपामा सम्पन्न भएको छ । शाखा अध्यक्ष विनोदकुमार न्यौपाने को अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष निर्मला शर्मा को प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न साधारणसभाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा धारणा सार्वजनिक गरेको हो ।

    साधारणसभामा सचिव नगेन्द्र अधिकारी ले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष केशवराज पौडेल ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सदस्यहरूको सुझावसहित पारित गरिएको थियो ।

    साधारणसभाले श्रमजीवी पत्रकारहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघको प्रदेश तथा केन्द्रीय कार्यसमितिले स्पष्ट नीति तथा कानुन निर्माण गरी अघि बढ्नुपर्ने माग गरेको छ । साथै सूचनाको हकलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै सबै सञ्चारमाध्यमलाई समान रूपमा सूचना उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ ।

    कार्यक्रमले एकद्वार प्रणालीका नाममा सञ्चारमाध्यम बन्द गराउने सरकारी कदमको भर्त्सना गर्दै मिडियामैत्री विज्ञापन नीति प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । त्यस्तै, लोककल्याणकारी विज्ञापन नीतिमा सुधार गरी विज्ञापन वापतको रकम दोब्बर बनाउन तथा समानुपातिक वितरणको व्यवस्था मिलाउन माग गरिएको छ ।

    साधारणसभाले सूचना तथा सञ्चारसँग सम्बन्धित निकायका पदाधिकारीको निलम्बन तथा बर्खास्ती प्रक्रिया तत्काल बन्द गर्न माग गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाको सहभागितामा सर्वपक्षीय भेला आयोजना गरी संविधानप्रदत्त हक, अधिकार र सुरक्षालाई सुनिश्चित गर्नेगरी कानुन निर्माणको पहल गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ ।

    त्यसैगरी, काभ्रेपलाञ्चोकका सबै स्थानीय तह तथा सरकारी निकायलाई लोककल्याणकारी विज्ञापन तथा सूचना जिल्लाभित्र सञ्चालित सबै सञ्चारमाध्यमलाई समानुपातिक रूपमा वितरण गर्न साधारणसभाले माग गरेको छ ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता, प्रेसमाथिको नियन्त्रण, सञ्चार क्षेत्रमाथिको संकुचन तथा संविधान र सञ्चारविरोधी गतिविधिविरुद्ध सञ्चालन गरिरहेका आन्दोलनप्रति नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले ऐक्यबद्धता जनाएको छ । साथै आन्दोलनका कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालासमक्ष साधारणसभाले आह्वान समेत गरेको गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१६३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०६३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑