• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ४ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ४ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ५ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

  • राजन दाहाल
  • २०८३ जेष्ठ ३, आईतबार (३ महिना अघि)
  • २०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती / काभ्रेपलान्चोक

    पछिल्लो समय प्रविधिको तीव्र विस्तारसँगै विद्यार्थीहरू शैक्षिक रूपमा सक्षम बन्दै गए पनि सामाजिक व्यवहार, अनुशासन र मानवीय संवेदनशीलतामा कमी देखिन थालेको चिन्ता बढिरहेका बेला पनौती नगरपालिकाले विद्यालय तहमै “नैतिक तथा मानव मूल्य एवं परम्परागत जीवनोपयोगी शिक्षा” अभियान सुरु गरेको छ ।

    नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको दुई दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूमा विद्यालयका शिक्षकहरु मार्फत नैतिकता, अनुशासन, संस्कार र जीवनोपयोगी व्यवहार विकास गर्नु रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

    कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख रामशरण भण्डारीले आधुनिक शिक्षा प्रणालीसँगै नैतिक शिक्षा र मानवीय मूल्यको विकास अपरिहार्य बनेको बताए । आजको शिक्षा अंकमा मात्र सिमित हुनु नहुने शिक्षकको जिम्मेवारी  परीक्षा उत्तीर्ण गराउने मात्र नभई जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक तयार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए  ।

    “नैतिक शिक्षा र जीवनोपयोगी सीपबिना शिक्षाको उद्देश्य पूर्ण हुँदैन,” मेयर भण्डारीले भने, “विद्यार्थीलाई ज्ञानसँगै चरित्र निर्माणमा सक्षम बनाउनु आजको आवश्यकता हो ।”

    उनले शिक्षकहरूलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर निस्केर विद्यार्थीको व्यवहार, सोच र चरित्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे । साथै, शिक्षक, अभिभावक र समाजबीच सहकार्य बलियो भए मात्र सकारात्मक संस्कारयुक्त पुस्ता तयार हुन सक्ने उनले बताए ।

    कार्यक्रममा उनले समाजमा बढ्दो दुव्र्यसन, हिंसा र अनुशासनहीन गतिविधिप्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहदेखि नै नैतिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको दावी गरे । उनका अनुसार स्थानीय तहले शिक्षा सुधारसँगै संस्कार र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।

    त्यस्तै उपप्रमुख गीता बञ्जाराले विद्यार्थीलाई सानै उमेरदेखि नैतिकता र सामाजिक उत्तरदायित्वबारे शिक्षित गर्न सके मात्र सभ्य समाज निर्माण सम्भव हुने बताइन् । उनले विद्यालय, अभिभावक र समुदायको साझा प्रयासले मात्र यस्तो लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गरिन् । आदार सत्कार तथा आफ्ना चालचलन र परम्परा प्रति विद्यार्थीले ज्ञान पाउनै पर्ने उनको भनाई थियो ।

    कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ४३ जना बढि शिक्षकहरूको सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले धर्म, प्रकृति,मानवव्यहारको साक्षत्कारबाट मात्र संस्कार जन्महुने र त्यसले मानव समाजलाई व्यवस्थित बनाउने बताउँदै घरपरिवार विद्यालयका तल्लो कक्षाबाट नै संस्कारको व्यवहारगत प्रयोग गरिनुपर्ने बताए ।

    कार्यक्रममा शिक्षा शाखा स्रोत व्यक्ति महेश्वर जंगम,उमेश उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    तालिम कार्यक्रममा नैतिक शिक्षा, मानव मूल्यको ज्ञान, परम्परागत संस्कार, व्यवहारिक जीवन सीप, विद्यार्थीको चरित्र निर्माण, सकारात्मक सोच विकास तथा नागरिकका रुपमा सामाजिक उत्तरदायित्वजस्ता विषयमा प्रशिक्षण र अन्तरक्रिया भएको थियो । विषयमिल्दो कक्षा, अतिरिक्त क्रियाकलापहरु प्रार्थना सभाबाट नै विद्यार्थीलाई संस्कारको बारेमा ज्ञान दिँदै विद्यालय तहमा संस्कारयुक्त, अनुशासित र सकारात्मक सोच भएका विद्यार्थीहरुको व्यवहार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय पाठ्यक्रममै नैतिक शिक्षा समावेश गर्नुपर्ने बहस चलिरहेको सन्दर्भमा पनौती नगरपालिकाको यो पहललाई शिक्षा क्षेत्रमा उदाहरणीय प्रयासका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑