• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ४, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ३ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ५ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ४, मंगलबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

  • राजन दाहाल
  • २०८२ चैत्र २, सोमबार (७ महिना अघि)
  • ६७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • पनौती, काभ्रे

    जब काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा पुगियो त्यहाँ छुट्टै माहोल थियो । उक्त माहोल रहेछ काभ्रे शैक्षिक महोत्सवको । महोत्सव स्थलमा पुग्दा विद्यालय परिसर नै सृजनात्मक गतिविधिले भरिएको देखिन्थ्यो। कतै विद्यार्थीहरू खाजा पकाउँदै थिए भने कतै चटपट बनाउँदै आफ्ना पाककलाका सीप देखाइरहेका थिए। कोही चित्र बनाउँदै थिए, कोही विज्ञानका विभिन्न सामग्री र प्रयोगहरू प्रदर्शन गर्दै थिए। कतै विद्यार्थीहरू नाच्दै–गाउँदै थिए भने कतै शैक्षिक खेलहरू खेल्दै र खेलाउँदै ज्ञान आदानप्रदान गरिरहेका देखिन्थे।

    विद्यार्थीहरूको सृजनशीलता, व्यवहारिक ज्ञान र समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै पनौती–४ स्थित काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयले काभ्रे शैक्षिक महोत्सव–२०८२ आयोजना गरेको छ। काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित उक्त विद्यालयले “Education for Peace, Creativity and Excellence” भन्ने मूल नारासहित महोत्सव आयोजना गरेको हो।

    महोत्सवको उद्घाटन पनौती क्षेत्रका शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व राम प्रसाद अधिकारीले रिबन काटेर गरेका थिए। विद्यालयहरूले केवल पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा पनि व्यवहारिक र सिर्जनात्मक शिक्षामा जोड दिनु आवश्यक रहेकाले यश किसिमको कार्यक्रम राखेको बिद्यालयले जनाएको छ ।

    विद्यालयका प्रिन्सिपल वसन्त नेपालले विद्यार्थीहरूको सर्वाङ्गिण विकास, सृजनात्मक क्षमता अभिवृद्धि तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

    महोत्सवका प्रमुख आकर्षणहरूमा गायन तथा ब्याण्ड प्रतियोगिता, गणित, विज्ञान, नेपाली, सामाजिक र अङ्ग्रेजी विषयका विभागीय प्रदर्शनी, चित्रकला तथा हस्तलेखन प्रदर्शनी लगायतका कार्यक्रम रहेका थिए। साथै विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, विज्ञानसम्बन्धी नमूना र सिर्जनात्मक प्रस्तुतीकरणले महोत्सवलाई अझ रोचक बनाएको थियो ।

    त्यसैगरी कार्यक्रममा पाककला प्रदर्शन पनि गरिएको थियो, जसमा विद्यार्थीहरूले विभिन्न परिकार तयार पारेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

    काभ्रे शैक्षिक महोत्सवमा छिमेकी बिद्यालयहरु जसमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी र अभिभावकहरूको पनि राम्रो सहभागिता देखिएको थियो।

    यसैबीच विद्यालयले चैत्र ३ गते मंगलबार प्लेग्रुपदेखि कक्षा १ सम्मका साना विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्री तथा सिर्जनात्मक प्रदर्शनी प्रस्तुत गर्ने कार्यक्रम तय गरेको प्रिन्सिपल बसन्त नेपालले जानकारी दिएका छन् । यस्ता गतिविधिमार्फत विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउने, सिर्जनशीलता विकास गर्ने र व्यवहारिक ज्ञानको विस्तार गर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑