• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ५ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

  • राजन दाहाल
  • २०८२ माघ २७, मंगलबार (६ महिना अघि)
  • ७०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती

    काभ्रे शिक्षा विकास प्रतिष्ठानअन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालय, पनौतीको २७औँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । यही माघ २४ र २५ गते दुई दिनसम्म विविध कार्यक्रमसहित  बार्षिक उत्सव आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

    वार्षिकोत्सवको पहिलो दिन पूर्व–प्राथमिक तहका बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य, संवाद तथा सांस्कृतिक कार्यक्रमले अभिभावकहरूको मन जितेको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतीले कार्यक्रमस्थल भावनात्मक बनेको देखिन्थ्यो। दोस्रो दिन कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूले नृत्य, गायन, नाटक, कविता, लोकनृत्य तथा झाँकी प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

    दुई दिने कार्यक्रमका सभापति काभ्रे शिक्षा विकास प्रतिष्ठानका अध्यक्ष जगन्नाथ अवाज्युले पानसमा दीप प्रज्वलन गरी वार्षिकोत्सवको उद्घाटन गरेका  थिए । उद्घाटन समारोहमा उनले विद्यालयको २७ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै अनुशासन, व्यवहारिकता र गुणस्तरीय शिक्षा बिना समग्र विकास सम्भव नहुने धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सिर्जनात्मक प्रस्तुतीहरूले दर्शकलाई कहिले हँसाए त कहिले भावुक बनायो। यसै अवसरमा लोक सांस्कृतिक क्षेत्रमा “चमेली बाको” नामले परिचित स्थानीय कलाकार गोविन्द तिमल्सिनाज्युलाई सम्मान गरिएको थियो। उहाँको विशेष प्रस्तुतीले कार्यक्रममा थप रौनक थपेको थियो।

    वार्षिकोत्सवकै अवसरमा माघ २० देखि २३ गतेसम्म सञ्चालन भएको चार दिने खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको विद्यालयले जनाएको छ।

    त्यसैगरी वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा टपर, विषयगत उत्कृष्ट, नियमित उपस्थित तथा जेहेन्दार विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। विद्यालयले पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको जनाएको छ।

    विद्यालयका प्रधानाध्यापक वसन्त राज नेपालले वार्षिकोत्सव विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको विकासका लागि महत्वपूर्ण अवसर भएको बताउँदै विद्यालयलाई अझ गुणस्तरीय र नमुना शिक्षालयका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    शुभचिन्तक, अभिभावक, पूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा सम्पन्न भएको यस २७औँ वार्षिकोत्सवले विद्यालयको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑