काभ्रे
माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यका साथ पनौती नगरपालिकाले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाडेको छ। नगरपालिकाको वडा नम्बर–१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका भुरा छाडिएको हो। पछिल्लो समय मानवीय गतिविधीले माछाको जीवन चक्र वातावरणीय प्रणालीमा असर पारेपछि सन्तुलनका कायम गर्न मद्दत गर्ने पनौती नगरेपलैका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। माछाका भुरा छाडिएको खोला क्षेत्रमा १ बर्षसम्म माछा मार्ने काम गर्न नपाईने बताइएको छ ।करेन्ट र विषादी प्रयोगले खोलाका माछा लोप हुने खतरा बढेपछि माछाका भुरा छाडिएको हो ।कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले ताल र खोलाको जैविक विविधता कायम गर्न र यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको बताउनुभयो। छाँडिएका माछाका भुरा केही समयमै आम्दानीको स्रोत बन्ने भएकाले यसको संरक्षण गर्न स्थानीय पनि लाग्नुपर्ने बताउनुभयो। पनौती क्षेत्रका अन्य खोला र नदीमा पनि माछाका भुरा छाड्ने कार्यक्रमलाई विस्तार गरिदै लैजाने योजना रहेको पनि न्यौपानेले बताउनुभयो।
यस्तै, उपप्रमुख गिता बञ्जाराले खोला र माछा स्थानीयको सम्पत्ति भएकोले यसको संरक्षण गर्नु पनि स्थानीयको दायित्व भएको बताउनुभयो। यस कार्यले आम मानिसको आयस्रोतमा बृद्धि गराउने र रैथाने प्रजातीको संरक्षण गर्ने उपप्रमुख बञ्जाराले बताउनुभयो।पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले जैविक बिबिधताको जोगाउन माछाको भुरा बितरण गरिएको बताउनुभयो। कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर–१ का अध्यक्ष गुणनाथ सापकोटा, पनौती ३ का अध्यक्ष किशोर थापा, स्थानिय, समाजसेवी, तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो।