काभ्रे
काभ्रेको बनेपा–पनौती सडक आज पनि अवरुद्ध पारिएको छ।
धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन् ।
स्थानीयले गत फागुन २१ र २२ गते पनि पनि सडक अवरुद्ध पारेका थिए ।
सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अवरुद्ध कायम गर्न स्थानीयले बताएका छन् । चैत्र १८ गते सम्म पिच गर्ने भनिएतापनि आजसम्म कुनैपनि काम अगाडि नबढाइएको कारण आज पुनः बाटो बन्द गर्न बाध्य भएको एक स्थानीयले बताए ।
मकर मेला अघि पनौती–बनेपा सडक पिच थालिएता पनि धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर भाग भने त्यत्तिकै छोडिएको छ । सडक पिच नहुँदा धुलोको कारण निकै समस्या परेको भन्दै बनेपा–पनौती सडकको खड्पुमा सडकको बिचमा काठको मुढा र बाँस राखेर अवरुद्ध पारेका थिए । एक स्थानीएले धुलो नउड्नको लागि पानि कहिले काहिँ पानि हालिन्छ तर त्यो पनि नालिको पानि बाटोमा हालेको बताउँदै दुखेसो गरे । बन्दका कारण सर्बसाधारण निकै कठिनाईमा परेका छन् । बाटो बन्द गर्ने स्थानीयले पत्रकार ,एम्बुलेन्स लगाएतका बिरामी बाकेका सवारी साधनलाइ भने छोडिदिएका छन् ।