ललितपुर
बागमती गाउँपालिका–७ गिम्दिले उम्मेद्धारी छनौट प्रक्रिया सम्पन्न गरेको छ । स्थानीय निर्वाचन निजिकिदै गर्दा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेद्बारी दिनेश राना मगर सर्वसम्म्त भएका हुन ।
नेपाली कांग्रेस गिम्दिमा वडाध्यक्ष पदको लागि इकाइ सभापति दिनेश राना मगर,लक्ष्मण लामिछने र जय बहादुर भुलुन आकांक्षीको रुपमा देखिएको थियो । तर पटक पटकको बैठक र कांग्रेसीहरुको प्रतिनिधि सहितको बैठक बाट सर्वसम्म्त उम्मेद्धार चयन गर्न सफल भएको हो ।
करिब २२०० मतदाता रहेको गिम्दिबाट मगरले वडाध्यक्षको टिकट पाइरहँदा बिपक्षी दलमा भने खैलाबैला सुरुभएको छ । गिम्देली जनताले मगरलाई शालिनता, निष्ठावान र प्रभावशाली व्यक्तिको रुपमा लिने गरेको पाइन्छ । गठबन्धन भएको खण्डमा माओबादी केन्द्रको मत निर्णायक बन्ने र सिंगल सिंगल प्रतिस्पर्धा गर्दा पनि सहज रुपमा चुनाब जित्न सक्ने माहोल बनेको मगरले बताएका छन् । आकांक्षी दुबै जना साथीहरु लगाएत सम्पुर्ण गिम्देली कांग्रेसीहरुलाई धन्यवाद दिदै एक जुट भै चुनावमा होमिन पनि उनले आग्रह गरे ।