• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी: नेविसंघको बलियो उपस्थिति, अनेरास्ववियुका उम्मेदवार विवादित

  • राजन दाहाल
  • २०८१ चैत्र २, शनिबार (१ साल अघि)
  • ६५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • बनेपा/काभ्रे
    काभ्रे बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल उत्कर्षमा पुगेको छ। जिल्लाका १६ क्याम्पसमध्ये १५ मा सर्वसम्मत नेतृत्व चयन भए पनि यस क्याम्पसमा भने प्रतिस्पर्धात्मक निर्वाचन हुँदैछ।
    नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियुबीचको प्रतिस्पर्धाले क्याम्पस परिसरमा राजनीतिक सरगर्मी बढाएको छ। नेविसंघबाट रोहिन पराजुली र अनेरास्ववियुबाट मिलन गौतम चुनावी मैदानमा उत्रिएका छन्।
    पराजुलीको लोकप्रियता र अनेरास्ववियुको विवादास्पद छविले नेविसंघको पक्षमा माहोल बनेको विश्लेषण गरिएको छ। पराजुलीले ‘म साथी, म विद्यार्थी, म नेतृत्व’ भन्ने नारासहित विद्यार्थीको मन जित्ने प्रयास गरिरहेका छन्। उनको प्यानलमा सचिव तीर्थकुमारी भुर्तेल, कोषाध्यक्ष मनिष श्रेष्ठ र सदस्यहरू सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर, सन्ध्या गिरी र सुनिता गुँइत छन्। सन्ध्या र सुनिता एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट गठबन्धनमा सहभागी भएका छन्।
    अनेरास्ववियुका उम्मेदवार गौतमले निर्वाचन कार्यतालिका च्यातेपछि विवाद चर्किएको छ। निर्वाचन समितिले स्पष्टीकरण सोध्दै उम्मेदवारी खारेज हुनसक्ने चेतावनी दिएको छ। गौतम कृषि अनुदान अनियमिततामा समेत मुछिएको आरोप लागेको छ।
    नेविसंघका पराजुलीले संयमित भएर निर्वाचन सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शैक्षिक क्षेत्रलाई विचार र सिद्धान्तको द्वन्द्वभूमि बनाउनुपर्नेमा जोड दिएका छन्।
    विद्यार्थीहरूले कृषि अनुदान अनियमिततामा मुछिएका र क्याम्पसको शैक्षिक वातावरण बिगार्ने व्यक्तिलाई नेतृत्वमा पुग्न नदिन नेविसंघलाई जिताउनुपर्ने बताएका छन्।
    अनेरास्ववियुका उम्मेदवारमाथि कृषि अनुदान अनियमितताको आरोप:
    अनेरास्ववियुका उम्मेदवार मिलन कुमार गौतम सचिव रहेको धुलिखेल साना किसान कृषि सहकारी संस्थाले हुँदै नभएका कृषक र आफ्ना आफन्तको नाममा अनुदान दुरुपयोग गरेको आरोप छ। बागमती प्रदेश सरकारको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट प्राप्त अनुदानमा अनियमितता भएको बताइएको छ।
    गौतमले हस्ताक्षर गरेर पठाएको विवरणमा बडालगाउँ दुग्ध संकलन केन्द्रका ४० कृषकमध्ये ७५ प्रतिशतले दूध उत्पादन नगर्ने, उल्टै किनेर खाने, काठमाडौं बस्ने र बाख्रा–कुखुरा पाल्नेहरूले समेत हजारौं लिटर दूध बेचेको रेकर्ड बनाएको आरोप छ। गौतमका परिवारका सदस्यहरू पनि कृषकको सूचीमा रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑