• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ५ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  खेलकुद

    महाङ्काल गाउँपालिकको स्थापन दिवस, संकल्प र समृद्धिको गुञ्जन

  • राजन दाहाल
  • २०८१ फागुन २२, बिहिबार (१ साल अघि)
  • १४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर/ गोटिखेल
    ललितपुरको पहाडी भूगोलमा अवस्थित महाङ्काल गाउँपालिकाले आफ्नो आठौं स्थापना दिवस र ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई एकसाथ मनाउँदै विकासको नयाँ यात्राको थालनी गरेको छ। “विविधतामा एकता, सुशासन र समृद्धि हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा गत असोजमा आएको विनाशकारी बाढीले निम्त्याएको पीडा र विकासको तीव्र आकांक्षा एकसाथ गुञ्जिएका थिए।
    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले बाढीले तहसनहस बनाएको पालिकाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका सरकारले विकासमा उदासीनता देखाएको आरोप लगाउँदै वर्तमान सरकारले महान्कालको मुहार फेर्न विशेष बजेट विनियोजन गर्ने घोषणा गरे। उनले भने, “यो पालिकाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी राख्ने छैन, हामी यहाँको पीडालाई बुझ्छौं र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नेछौं।” उनले अघिल्ला अध्यक्षलाई लक्षित गर्दै, “हिजो आफ्नो पालामा विकास नगर्ने अनि आज अर्कैको सत्ता आयो भनेर यो र त्यो भनेर गाली गर्न पाइँदैन” भने। उनले विकास आफूहरूले गर्ने, विकासका लागि समन्वय र सहजीकरण आफूहरूले गरिदिने भन्दै महान्कालवासीलाई ढुक्क हुन आग्रह गरे। उनले बोलेको कुरा पूरा गर्न नसके चुनावमा आफूलाई हराएर अर्कैलाई चुन्ने अधिकार नागरिकलाई भएको बताए।

    गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले असोजको विनाशकारी बाढीले पालिकालाई ठूलो क्षति पुर्‍याएको र सीमित स्रोतसाधनका कारण विकासमा चुनौती थपिएको गुनासो गरे। उनले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको भन्दै विपद्को यस घडीमा सबैको साथ र सहयोगको अपेक्षा राखे। उनले भने, “हामी विपद्को सामना गर्दै विकासको नयाँ यात्रा सुरु गर्न दृढ संकल्पित छौं, यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।” उनले महान्कालको भौगोलिक सुन्दरतालाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने बताए।
    जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि केन्द्र सरकारसँग निरन्तर पहल गरिरहेको जानकारी गराए। सामाजिक तथा राजनीतिक व्यक्तित्व सुन्दरमान थिङले फरक दलका साथीहरूले पनि राम्रो कामको प्रशंसा गर्न सक्नुपर्नेमा जोड दिए। पालिकाका पूर्व अध्यक्ष रामचन्द्र दाहालले विपद्को समयमा स्थानीय सरकार जनतासँगै भए पनि प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले दक्षिण ललितपुरमै केन्द्र सरकारको उपस्थिति शून्य भएको दुखेसो गरे। महान्काल प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामसुन्दर केसीले सबैको साझा प्रयत्नबाट महान्काललाई समृद्ध बनाउन सकिने धारणा राखे।
    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उर्मिला लामा र उपसभामुख अप्सरा चापागाईंले बाढीबाट भएको क्षतिको विषयमा सदनमा आवाज उठाएको र पुनर्निर्माणका लागि सरकारलाई खबरदारी गरिरहेको बताए। उपसभामुख चापागाईंले ढिलो गरी सहयोग पुगेको स्वीकार गर्दै आगामी दिनमा विकासका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गरे। उनले विपद्मा मात्र नभई महान्काल गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य, उद्यमशीलता, स्थानीय रोजगार विकास निर्माण लगायत थुप्रै काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।
    पालिका उपाध्यक्ष डोल्मामाया गोलेलाई इन्टरनेसनल विमेन्स लिडरशिप अवार्ड २०२५ बाट सम्मानित भएकोमा उनलाई पालिकाले सम्मान गरेको थियो। विभिन्न विद्यालयका विद्यार्थी र महिला समूहले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न शैक्षिक, साहित्यिक, कानुनी, सहकारी, चिकित्सा, पाइलट, इन्जिनियरिङ र अन्य सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले महान्काल गाउँपालिकाको समग्र विकास र समृद्धिमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
    कार्यक्रममा वडा अध्यक्षहरू, पालिकाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थी, शिक्षक र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले विपद्को सामना गर्दै विकासको नयाँ यात्रा सुरु गर्ने महान्काल गाउँपालिकाको संकल्पलाई उजागर गरेको थियो। स्थानीय बासिन्दाहरूले बाढीले पुर्‍याएको क्षतिको स्मरण गर्दै आगामी दिनमा विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग राखेका थिए।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑