• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा एन्जिला , संजालमा राजनैतिक गन्ध नआओस् – नगर प्रमुख भण्डारी

  • राजन दाहाल
  • २०८१ जेष्ठ २६, शनिबार (२ साल अघि)
  • ८५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती/ काभ्रे
    पनौतीको नगर बाल समुह संजालको अध्यक्षमा पनौती नगरपालिका वडा न ६ का एन्जिला खत्री सर्वसम्मत रुपमा चयन भएकी छिन् ।
    पनौती नगरपालिकाको स्वाभिमान,दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने नाराका साथ पनौती नगरपालिकाले नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको बालमैत्री शाखाले नगर बाल समुह संजालको पुनर्गठन गरेको हो । प्रत्येक वडाबाट एक जना बालक र एक जना बालिका जम्मा गरी संजाल तयार पारेको हो ।
    नगर बाल समुह संजालको उपाध्यक्षमा वडा न ५ बाट जेशन थापा, सचीवमा वडा न ८ बाट श्रेया मगराती, कोषाध्यक्षमा वडा न ५ का सम्भवी श्रेष्ठ र सह सचीवमा निशान थापा वडा न ११ बाट चयन भएका छन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाल समुह संजालले असल र चरीत्रवान व्यक्ति निर्माण गर्ने बताउदै असल व्यक्ति बन्न व्यवहारीक हुनुपर्नेमा जोड दिए । उनले बालबालिकालाई अधिकार संगै कर्तव्य परायण बनाउन पनि आवश्यक रहेको बताए । प्रमुख भण्डारीले बालबालिका साझा चौतारी भएकोले बाल समुह संजालमा आबद्ध बालबालिकामा कुनैपनि राजनैतिक पार्टीको गन्ध आउन नहुने बताएका छन् । नगर बाल संजाल बाल संजालनै हो यसलाई कुनैपनि राजनैतिक पार्टी भातृसस्था नबनाइदिनुहुन सबै बालबालिकालाई आग्रह समेत गरे । साथै आगामी दिनमा पनौतीको नगर बाल समुह संजाल सबैभन्दा गुणस्तरयुक्त संजाल बन्नेमा आफुले बिश्वास लिएको बताए ।
    त्यस्तै गरि नगर उपप्रमुख गीता बन्जाराले समाज परिवर्तन गर्न नगर बाल समुह संजालको निकै महत्त्वपूर्ण योगदान रहेको बताइन् साथै उनले बाल समुह संजाल मार्फत धेरै प्रतिभाहरु जन्माएको र धेरै सिर्जनसिल कार्यहरू भएको भन्दै प्रसंशा गरिन् ।
    कार्यक्रममा नगर बाल संजालका निवर्तमान अध्यक्ष दिक्षित न्यौपानेले आफ्नो कार्यकालमा १८ हजार बालबालिकाको नेतृत्व गरि बालबालिकाको हक, हित र संरक्षण क्षेत्रमा धेरै कार्यहरू भएको जिकिर गरे ।
    समुह संजाल गठन गर्न बालमैत्री स्थानीय शासन राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौवेले सहजीकरण गर्नुभएको थियो । चौवेले बालबालिका ऎन २०७५,स्थानीय सरकार संचालन ऎन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यबिधी २०७८ लाई टेकेर पनौती नगर बाल समुह संजालको प्रकृयागत पुनर्गठन गरिएको जानकारी दिए ।
    कार्यक्रममा नवनियुक्त अध्यक्ष एन्जिला खत्रीले आफ्नो कार्यसमितिले पनौती नगरपालिकाको बालमैत्री अभियानलाई सफल पार्न सधैंभरी तल्लीन भइ कार्य गर्ने बताइन् ।

    पनौती नगरपालिका बि.स. २०७८ सालमै बालमैत्री नगर घोषणा भैसकेको छ भने आगामी दिनमा बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑