ललितपुर
नेपाली कांग्रेस बागमती गाउँपालिकाले आज चैत्र १९ गते शनिबारका दिन छपेलिमा भब्य कार्यक्रम गरेको छ । घर घर जाआँै कांग्रेस जिताआँै अभियान अन्तर्गत आज बागमती गाउँ कार्यसमितिले स्थानीय तह निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रमको सभापति नेपाली कांग्रेस बागमती गाउँपालिका अध्यक्ष एबम बागमती गाउँ कार्यसमितिका सभापति वीर बहादुर लोप्चन र प्रमुख अतिथि नेपाली कांग्रेसकी नेत्री, पुर्व मन्त्री एबम केन्द्रिय सदस्य ईश्वरी न्यौपाने र बिशिस्ट अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्ब अर्थ राज्यमन्त्री उदय शमशेर राणा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले कांग्रेसको अधिबेशनले जित्नेलाइ खुसी र हार्नेलाइ खिन्नता छाएको होला तर त्यो पार्टी भित्रको चुनाव थियो त्यतिबेला कांग्रेसलेनै हारेको र कांग्रेसले नै जितेको बताउँदै उनले अबको निर्वाचनमा हामिले अर्को पार्टी संग लड्नुपर्ने भएकोले हिजोका मन मुटाबहरुलाइ थाती राखेर लग्यौ भने हामी फेरि पराजित हुने बताइन् । नेपाली कांग्रेसले काम गर्ने तर कम्युनिस्टले जस्तो भजन गाएर नहिड्ने बताउदै उनले कांग्रेसलाई बत्ति बालेर खोज्दा पनि भेटिदैन भन्ने कम्युनिस्टले आज देशको लागि माखो मार्न नसकेको बताइन । तत्कालीन प्रधानमन्त्रीलाइ हास्य कलाकारको संज्ञा दिदै प्रतिपक्षीलाई गाली गर्दा गर्दै आफ्नै घर भताभुङ्ग परेको बताइन ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी केन्द्रिय सदस्य एबम पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले नेपाली कांग्रेसमा पार्टी प्रबेगर्दा विभिन्न धम्की आउने गरेको सुन्नमा आएको छ हाम्रो पार्टीका साथी र नवप्रबेसी साथीहरूलाई निस्चिन्त भएर बस्न र जब सम्म हामी यहाँ छौ तब सम्म तपाईंहरुलाइ कुनै अप्ठ्यारो नपर्ने पनि बताए । उनले ३० बर्षमा साढे उन्नाइस बर्ष एमालेले राज गर्यो तर दक्षिण ललितपुरको हालत जस्ताको तस्तै भएकोले एमाले संग हिसाबकिताब माग्नुपर्ने बताए ।
तेस्तै गरि घर घर जाऔ कांग्रेस जिताऔ अभियानका ललितपुर जिल्लाबाट बागमती गाउँपालिकाका प्रतिनिधि एबम ललितपुर जिल्ला कार्यसमिति उपसभापति गजेन्द्र महर्जनले अगामी निर्वाचनमा केन्द्रको निर्णय बमोजिम आबश्यक्ता अनुसार तालमेल गर्नै पर्ने र यो सबैले मान्नै पर्नेमा जोड दिए । सबै कांग्रेसि साथिहरुलाइ वडा तह देखि केन्द्र सम्म सबै तहमा जिताउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै महासमिती सदस्य रामकृष्ण लामा इन्द्रले हिजोको दिनमा के भयो कसो भयो सबै छोडेर आउदै गरेको निर्वाचनमा जसरि पनि कांग्रेसलाई जिताउनु पर्ने बताए ।
कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि एबम गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिना , प्रदेश ख का सभापति ज्ञान बहादुर ल्हो लगाएतका ब्यक्तिले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका सातै वटा वडाबाट नेपाली कांग्रेसका कृयाशिल नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा ने.क.पा एमाले छोडेर कांग्रस प्रवेश गर्नेहरुको लर्को लागेको थियो ।