पनौती
सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आगामी बैशाख १५ गते कुशादेवी माविमा नि:शुल्क स्वास्थ शिविरको आयोजना गर्ने भएको छ । अल्का अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा काभ्रे सेवा समाजको समन्वय र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को सहयोगमा स्वास्थ शिविर राख्ने निर्णय गरेको सामुदायिक साकोसले बताएको छ । साथै शिविर एक दिनको रहने पनि संस्थाले जनाएको छ ।
साकोसले शिविरमा आई आफ्नो स्वास्थ जाँच गराइ मौकाको फाइदा उठाउनुहुन समस्त शेयरसदस्य लगाएत आम पनौतीबासी नागरिकलाई आग्रह गरेको छ ।
शिविरमा स्त्रीरोग विशेषज्ञ,आँखारोग विशेषज्ञ,हाड जोर्नी विशेषज्ञ,छालारोग विशेषज्ञ,नाक, कान, घाटीविशेषज्ञ,बालरोग विशेषज्ञ,दन्तरोग विशेषज्ञ तथा जनरल मेडिसिन लगाएतका विशेषज्ञले स्वास्थ परिक्षण गर्नेछन् । शिविरबाट सिफारिस भएका बिरामीहरुको ल्याब , यू.एस.जि.,इको,इसिजी, सिटि स्क्यान तथा अन्य जाँचहरु अल्का अस्पतालबाट निःशुल्क हुने समेत जानकारी गराएको छ ।