पनौती/ काभ्रे
धर्म , सस्कृती र सस्कारको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व हो । भिन्तुना ग्रुपले पनौतीमा रहेको धर्म तथा सस्कृतिहरुको संरक्षण गर्दै आएको छ । आज फागु पुर्णिामाको अबसरमा भिन्तुना ग्रुपकै अगुवाइमा संकटा जात्रा सम्पन्न भएको छ ।
पनौतीमा बर्सौदेखि चल्दै आएको संकटा जात्रा करिब लोप हुने अबस्थामा थियो । पनौतीका प्रधानाङ्ग परिवारले चलाउदै अएको उक्त जात्रा लामो समयसम्म संचालन हुन सकेको थिएन । सोही जात्रालाई पनौतीको भिन्तुना ग्रुपले बि. स. २०६९ सालदेखि पुनः संचालनमा ल्याइ निरन्तर रुपमा जात्रा संचालन गरिएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष शिव घुल्लुले जानकारी दिए ।
पनौतीमा संकटा जात्रा नलाग्दा धेरै संकट आइलागेको उनले बताए । पहिला पहिला होलिमा धेरै जना मानिसहरुले मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने, झै झगडा गर्ने हुन्थ्यो तर जब संकटा जात्रा लाग्न थाल्यो त्यसपछि त्यस्तो नभएको पनि उनको धारणा थियो । जात्रामा शाही परिवारको नायो बाजा पनि यसपाली देखि बजाइएको थियो भने बासुरी र धिमेबाजा पनि बजाइएको थियो । संकटा जात्रामा राँगाेलाई बलीदिने गरिन्छ । उक्त बलिदिने चलन परम्परादेखिनै चलिआएको हो । जात्रामा पूजा आजा गरि प्रसाद ग्रहण गर्ने चलन रहेको छ । पनौतीको धर्म, सस्कृती, रितिरिवाज , चाडपर्वहरुलाई आफुहरुको पालामा संरक्षण गर्ने र पुस्तान्तरण गर्ने पनि अध्यक्ष घुल्लुले बताए