रोशी/ काभ्रे
रोशी गाउँपालिका वडा न १२ शिखरपूरमा प्राथमिक उपचार सम्बन्धि तालिम संचालन भएको छ ।
साम्दो भबिस्यको आयोजना र रोशी गाउँपालिका वडा न १२ को संयोजनमा उक्त कार्यक्रम संचालन भएको हो । आकस्मिक रुपमा हुने घटनाले अप्रिय घटना नलियोस र घटनालाई न्यूनीकरण गरौं भन्ने उद्देश्यले वडामा प्राथमिक उपचार सम्बन्धि तालिम आयोजना गरेको वडा न १२ का वडा अध्यक्ष बसन्तकुमार तामाङले जानकारी दिए ।
साथै उनले काम गर्ने सिलसिलामा वा कुनैपनि बेला हुने घटनामा परि पीडितले समयमा उपचार नपाएर दु:ख भोग्नु परेको र अस्पतालसम्म उपचार गर्न पुग्दा ढिला भैसकेको कारण अप्रिय घटना समेत हुन सक्ने भएकोले गाउँमै प्राथमिक उपचार गरि अस्पताल लैजानको लागि वडाका विभिन्न ठाउँका व्यक्तिहरुलाई तालिमदिन लागिएको पनि उनको धारणा थियोे ।
तालिममा वडाका विभिन्न ठाँउका ३० जना सहभागी रहेका छन् । तालिम पश्चात् वडाका विभिन्न टोलमा स्ट्रेच र फर्स्ट एड कीट बक्स लगाएतका सामाग्री पनि वितरण गरिने बताइएको छ । तालिमका मुख्य प्रशिक्षक रमेश श्रेष्ठ रहेका छन् ।
तालिम फागुन २ गते देखि ६ दिन सम्म चल्ने आयोजकले जनाएको छ।