काभ्रे/पनौती
पनौती नगरपालिका वडा नं १० को कार्यालयले वडाबासीहरुको लागि निशुल्क सिलाई कटाईको तालिम संचालन गर्ने भएको छ । वडा न १० को कार्यालय र जिल्ला घरेलु तथा साना उधोग कार्यालय काभ्रेपलाञ्चोकको सहकार्यमा महिला लक्षित, सिप मुलक तथा आयआर्जन कार्यक्रम अर्न्तगत तालिम संचालन गर्न लागिएको वडा न १० का वडा सचीव भगवान बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम पनौतीनगरपालिका वडा न १० कार्यालयको हलमा हुने र ४५ दिनसम्म निशुल्क रुपमा सिलाई कटाई तालिम सन्चालन हुने वडाकी महिला सदस्य सरिता अधिकारी नेपालले बताउनुभयो । साथै उहाँले वडा कार्यालय आफैंले ११ वडा मेसिन खरिद गरि तालिम दिन लागेको पनि जानकारी दिनुभयो । तालिम कार्यक्रम संचालन गर्न लागेको भन्दै वडा न १० को कार्यालयले वडा भित्रका तालिम लिन ईच्छुक महिला तथा दिदि बहिनीहरुले भदौ २५ गते भित्र पनौती नगरपालिका वडा न १० को कार्यालयमा निबेदन दिनुहुन सुचना समेत प्रकाशित गरेको छ ।
प्रशिक्षार्थी हुन चाहिने कागजात
(१) शिप सिके पश्चात ब्यबसायिक रुपमा काम गर्न प्रतिबद्ध हुनु पर्ने ।
(२) कक्षा ८ पास गरेको हुनु पर्ने वा सिलाई कटाईको नाप जाँच गर्न सक्ने हुनु पर्ने ।
(३) विषेश कारण बाहेक तालिम बिचमा छोड्न नपाईने ।
(४) निबेदनको साथमा नागरिकता प्रतिलिपि र फोटो २ प्रति ।
प्रशिक्षार्थी छनौट प्रशिक्षक र घरेलु तथा साना उधोग कार्यालयको प्रतिनिधिको सहभागीतामा गर्ने वडा कार्यालयले जनाएको छ । तालिमको बारेमा केही बुझ्नु परेमा सरिता अधिकारी नेपाल (९८४१४७७८०८) र मन्जु बि.क.(९८४३९७३१२४) मा सम्पर्क गरि बुझ्न सकिने वडा कार्यालयले जनाएको छ ।