काभ्रे
ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका व्यवस्थापक गोपाल दाहाल प्रदेशकै उत्कृष्ठ व्यवस्थापक हुनुभएको छ । दहाल आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) ले ३६ औं स्थापना दिवसको अवसर पारेर बागमति प्रदेशकै उत्कृष्ठ व्यवस्थापक हुनुभएको घोषणा गरेको हो । सहकारी अभियानको क्रममा बागमती प्रदेश भित्र रहेका सहकारीहरुमध्ये ज्योति मिर्मिरे साकोसमा उत्कृष्ठ व्यवस्थापन देखिएकोले दाहाल उत्कृष्ठ व्यवस्थापकमा पर्नु भएको हो । नेफ्स्कुनलाई धन्यवाद दिदै व्यवस्थापक गोपल दाहालले यस घोषणाले अफुलाई थप हौसला मिलेको बताउदै नगर देखि जिल्ला हुँदै प्रदेश र राष्ट्रिय तहमा ज्योति मिर्मिरे सामुहिक साकोसलाई थप उचाईमा लैजान आफू सधैं तल्लीन रहने जानकारी दिनुभयो ।