बनेपा
बनेपा नगरपालिकाकाका महिलाहरुलाई स्यानिटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ । बनेपा नगरपालिका वडा नम्बर ९ ले महिला लक्षित विभिन्न कार्येक्रमहरुको आयोजना गर्ने क्रममा प्लास्टिकको फुल बनाउने र स्यानीटरि प्याड बनाउने तालिमको आयोजना गरेको छ। वडाले संचालन गरेको तालिममा असार ५ गते बाट प्लास्टिकको फुल तथा बुके बनाउने र ६ गते बाट भने स्यानीटरि प्याड बनाउने तालिम प्रारम्भ भएको छ । दुवै तालिममा २०/२० जना महिलाहरुको सहभागीता रहेको वडा अध्यक्ष नृपेश बादेले जानकारी दिनुभयो। महिलाहरुका लागि दिने थुप्रै तालिमहरु भएता पनि वडाले सबै सरोकारवालासंग सल्लाहा लिइ प्लास्टिकको फुल बुके र स्यानीटरि प्याड बनाउने तालिम प्रभाबकारी हुने भन्दै यी तालिमहरुको सुरुवात गरेको वडा महिला सदस्य मनिषा तामाङले जानकारी गराउनुभयो। उक्त तालिम ५/५ दिन सम्म संचालन हुने छ वडा कार्यालयले जनाएको छ ।