• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ६ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  आर्थिक

    मकर मेलाको नाममा पैसाको खोलो, दोहोरो शिर्षक देखि मनोमानी सामाग्री खरिद – मकर मेलाको नालिवेली

  • राजन दाहाल
  • २०८० जेष्ठ ३२, बिहिबार (३ साल अघि)
  • १८२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • काभ्रे / पनौती
    पनौती नगरपालिकामा लाग्ने १२ बर्षे मकर मेलामा अनियमित ढङ्गले रकम खर्च भएको पाइएको छ । पनौती नगरपालिकाले मकर मेला संचालन तथा व्यवस्थापनका नगरपालिकाको विभिन्न नगर सभाबाट कुल ८ करोड ५० लाख बजेट विनियोजन गरेको देखिन्छ । तर उक्त विनियोजित रकम कसरी र कस्ता नियम प्रयोग गरि खर्च गरियी भने नगरपालिका नै स्पष्ट छैन । नगरपालिकाले उपलब्ध गराएको सुचना अनुसार विभिन्न १ सय १२ वटा शिर्षकबाट ७ करोड ५२ लाख ५१ हजार ४ सय ५ रुपैयाँ खर्छ भएको छ ।
    मकर मेला भनेको पनौतीमा प्रत्येक १२ बर्षमा माघ एक महिना लाग्ने एक ऐतिहासिक मेला हो तर नगरपालिकाले मकर मेलाक लागि मात्र भन्दा पनि अनावश्यक रुपमा रकम खर्च गरेको देखिन्छ । यसरी मकरमेलामा अनावश्यक रुपमा पैसाको खोलो बगाउनुलाई आम पनौती बासिहरुले सुक्ष्म अध्ययन गरिरहेका छन् ।
    महालेखाको पपरीक्षकको प्रतिबेदनले पनि रकम विनियोजन र विनियोजित रकम बाडफाड र खर्चलाई पनि प्रश्न उठाएको छ ।  मकर मेला लाग्ने आर्थिक बर्षमा नगरपालिकाले रु ३ करोड ५० लाख रकम खर्च भएको रकममा अनियमित भएको भनी औंल्याएको छ ।
    प्रतिबेदनले मकरमेला संचालन कार्यमा खर्चको वास्तविक विवरण अनुसार मकरमेला व्यवस्थापन कार्य शिर्षकवाट रु ३ करोड ४८ लाख ५८ हज़ार तथा प्रचार सामग्री तयारी ( स्टिकर, गिति भिडियो, फ्लेक्स प्रिन्ट, पेन ड्राइभ वितरण) कार्यक्रमवाट रु ६ लाख ७३ हजार समेत कुल रु ३ करोड ५५ लाख ३१ हजार खर्च भएको तर पनौती मकरमेला २०७८ मुल व्यवस्थापन सचिवालयको बैठकले रु ३ करोड ४१ लाख ३ हजार खर्च भएको भनि निर्णय गरेकोले उक्त सचिवालयको निर्णय भन्दा रु १४ लाख २८ हजार वढी खर्च भएको हुँदा खर्चको अनुमोदन भएको रकम भन्दा वढी खर्च गरेको जनाएको छ ।

    त्यसैगरी प्रतिबेदनमा मकरमेला प्रचार सामग्री तयारी (स्टिकर, गिती भिडियो, फ्लेक्स प्रिन्ट आदिमा रु १० लाख खर्च भएको छ । जसमा मकरमेला अंकित मफलर खरिद कार्यमा मात्र रु ५ लाख खर्च भएको छ भने गिती भिडियो निर्माणमा रु ३ लाख २७ हजार खर्च भएकोमा उक्त खर्चवाट विभिन्न ६ वटा पार्टीलाइ भुक्तानी गरेको छ । विभिन्न छपाइ तथा प्रचार सामग्रीमा केही रकम खर्च गर्न सकिने भएतापनि अन्य कार्यमा ठुलो रकम खर्च गर्नु उचित नदेखिएको औंल्याएको छ ।
    नगरपालिकाले पुनः मकरमेलाको प्रचार प्रसार कार्यमा छुट्टै रु २१ लाख ९५ हजार खर्च भएको जसमा मकरमेला परिचय पुस्तिका छपाइमा रु ४ लाख ५८ हजार खर्च भएको छ भने इन्द्रेश्वर महादेवको फोटो अंकित मग खरिदमा रु २ लाख ७६ हजार खर्च भएको प्रतिबेदनम छ । साथै प्रोग्रेश आइटी एण्ड अल्टरनेटिभ इनर्जी सोलुसन र ब्रदर्श सप्लायर्सबाट रु ९ लाख ११ हजारका विभिन्न सामग्रीहरु खरिद भएको छ । सुचना प्रकाशन प्रशारण कार्यमा रु २ लाख १६ हजार खर्च भएको छ भने मकरमेलाको वृत्तचित्र निर्माणमा १ लाख खर्च भएको छ । वाँकीमा पुस्तक खरिद, गितिभिडियो तथा वाद्यवादन आदिमा खर्च भएको छ । महालेखाले खर्चको आवश्यकता र उपादेयताको विश्लेषण गरी खर्चवाट भविश्यमा हुने लाभको अध्ययन गरेर खर्च गर्नुपर्नेमा नगरेको कारण सामान्य प्रकृतिका कार्यमा धेरै रकम खर्च हुन पुगेको जनाएको छ ।

    त्यसै गरि विभिन्न स्थानमा सडक वत्ती जडान तथा मर्मत कार्यमा रु २६ लाख ४६ हजार खर्च भएको छ । जसमा विद्युत वत्ती आदि खरिदको काम पटक पटक गरी रु ५ लाख भित्र पारी ४ वटा फर्मवाट खरिद गरी रु १९ लाख ७० हजार खर्च भएको छ। १२ वर्षमा लाग्ने मेलाको लागि पहिल्यै पुर्वानुमान भएको हुँदा वार्षिक वजेट विनियोजन गरिसकेको अवस्थामा खरिदको कार्य प्रतिस्पर्धात्मक तवरले वोलपत्र वा शिलवन्दी दरभाउपत्रवाट गर्न पर्नेमा सोझै खरिद गर्नु उचित नभएको महालेखाको प्रतिबेदनमा उल्लेख छ । साथै खरिद गरेका उक्त वत्तीहरुको लगत कसी हाल कहाँ कहाँ र कसरी प्रयोगमा रहेका छन सो को विवरण अद्यावधिक गरी सो को सुरक्षा गर्नुपर्ने पनि प्रतिबेदनले औंल्याएको छ ।
    त्यस्तै प्रतिबेदनमा स्वयंसेवक व्यवस्थापन र कार्यालय व्यवस्थापन लगायतका कार्यमा रु १४ लाख ४२ हजार खर्च भएको छ । उक्त रकम मध्ये खर्चको ठुलो हिस्सा मकरमेलामा खटिने स्वयंसेवक, प्रहरी, पालिकाका कर्मचारीहरु तथा पाहुनाहरुको खाजा खानामा भएको देखिन्छ । जसमध्ये लक्ष्मण मातंछेवाट रु ४ लाख ४१ हजार ८ सय खर्च भएकोमा उक्त खर्च मकरमेला संचालन गर्ने क्रममा विभिन्न कार्यमा खर्च भएको उल्लेख छ तर खर्चको पुर्ण विवरण छैन । नगरले खर्चलाई पुष्ट्याइ हुने गरी कुनै प्रमाण नराखेको कारण उक्त रकम खर्च भएको हो या होइन या होइन शंकाको बिषय भने पक्कै हो ।

    मकरमेला भर त्रिवेणीघाटमा आरती गरेकोले सो कार्यको लागि भागवत धर्म संरक्षण समिति पनौतीलाई रु ६ लाख भुक्तानी गरेको छ । आरती एक नित्य कर्म भएकोले आरतीको लागि वत्ती लगायतमा केही रकम खर्च गर्न सकिनेमा आरती लगाउने व्यक्तिलाइ समेत भुक्तानी हुने गरी खर्च गर्नु उचित देखिएन ।

    प्रतिबेदन अनुसार मकरमेला व्यवस्थापन सम्वन्धी कार्यको लागि वडागत रुपमा संचालन हुने विभिन्न योजनामा रु १ करोड ५४ लाख ५० हजार, मेला व्यवस्थापन कार्यको लागि वडा कार्यालयहरुलाई रु १८ लाख ४५ हजार, विभिन्न सांस्कृतिक पहिरन तथा सामग्री खरिदको लागि वडाहरुलाइ रु १५ लाख ६९ हजार समेत वडाहरुलाइ कुल रु १ करोड ८८ लाख ६४ हजार खर्च गरेको छ । मकरमेला त्रिवेणीघाटमा भएकोमा सो क्षेत्र पर्ने वडामा रकम विनियोजन गर्नु उचित भएपनि सम्पुर्ण वडाहरुमा रकम विनियोजन गर्नु उचित नदेखिएको जनाएको छ । साथै प्रतिबेदनले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले वडा सचिवलाइ खर्च गर्ने अख्तियारी दिनुपर्ने, खाता संचालनको लागि प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी तथा लेखा प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीले गर्ने उल्लेख भएकोमा वडा सचिवलाइ माथि उल्लेखित रकम खर्च गर्ने अख्तियारी दिएको नापिएको जनाएको छ भने पालिकाका वडाहरुमा लेखाको कर्मचारी नै नभएको अवस्थामा वजेट खर्च गर्ने अख्तियारी दिन नै नमिल्नेमा समेत वडावाट मेनुअल भौचर तयार गरी खर्च गर्ने गरेको देखिएको स्पष्ट पारेको छ । यस्तो खर्चमा पुर्ण रुपमा नियन्त्रण गरी सुत्रको प्रयोग गरी लेखा राख्नु पर्नेमा पनि औल्याएको छ । साथै धिमे बाजा तथा नेवारी ड्रेस खरिदको लागि श्री मानेधरी नेवारी गुठी टोखाल पनौतीलाई रु २ लाख तथा सांकृतिक प्रदर्शनीको लागि आवश्यक सामग्री खरिदमा फुल्चोकी नेवा कल्याण समाज पनौतीलाई रु २ लाख दिएकोमा पुनः विभिन्न सांस्कृतिक पहिरन तथा सामग्री खरिदको लागि वडाहरुलाइ रु १५ लाख ६९ हजार वडाहरुलाइ दिएको छ ।यसरी हेर्दा खर्चमा दोहोरोपना समेत हुन सक्ने गरी रकम भुक्तानी गर्नु उचित नदेखिएको प्रतिबेदनले उल्लेख गरेको छ । साथै वजेटको धेरै हिस्ता अनुत्पादक क्षेत्रमा खर्च भएकोले यसमा नियन्त्रण गर्नुपर्नेमा पनि महालेखाले जोड दिएको छ ।

    महालेखाले सिसिटिभि जडानको काम तथा डिप्प्ले बोर्ड आदि खरिको कार्यमा रु २७ लाख खर्च भएको छ । उक्त सामान मध्ये सिसिटिभि हाल कस्तो अवस्थामा छन पालिकाले विवरण उपलब्ध नगराएको उल्लेख छ । उक्त काम रोटरी क्लव अफ पनौति नामक उपभोक्ता समिति ( गैर सरकारी संस्था ) मार्फत खरिद भएको र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा निर्माणको काम मात्र उपभोक्ता समितिमार्फत गराउने उल्लेख भएको भन्दै उपभोक्ता समितिलाइ स्थानीय रोजगारी श्रृजना हुने काम गराउन पर्नेमा रोजगारी श्रृजना नै नहुने र निर्माणको काम मात्र उपभोक्ता समितिमार्फत गराउनु पर्नेमा सामान खरिदको काम समेत उपभोक्ता समितिमार्फत गराउनु उचित नदेखिएको जनाएको छ ।
    साथै खरिदको विलमा Installation with frame and civil work उल्ल्लेख गरी मु.अ.कर वाहेक रु १५००००। भुक्तानी दिएकोमा पुनः ज्यालामा भनि रु ३०४८२० । भुक्तानी भएको छ । खरिद गरेका सामान जडान गर्न विलमा नै रकम जोड गरी भुक्तानी गरिसकिएकोमा अतिरिक्त कामको पुष्ट्याइ नहुने गरी पुनः ज्यालामा रकम खर्च गर्नु उचित नदेखिएको र यस सम्वन्धमा छलफल हुँदा मकरमेला अवधिभर आउन सक्ने अवरोधलाई न्युनिकरण गर्न ज्यालामा भुक्तानी दिने गरी संझौता भइ भुक्तानी गरेको नगरपालिकाले जनाएको उल्लेख गरेको छ ।
    प्रतिबेदनले उल्लेखित सबै वजेट पुजीगत खर्च शिर्षकमा विनियोजन भएको तर उक्त कार्यक्रमवाट देहायअनुसार चालु खर्च शिर्षकमा रकम खर्च भएको देखिन्छ । उक्त खर्च आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावली प्रतिकुल रहेको देखिन्छ भन्दै एकीकृत आर्थिक संकेत तथा वर्गिकरण र व्याख्या, २०७४ को विपरीत हुने गरी खर्च शिर्षक फरक पारी खर्च लेखेको रकम नियमित नदेखिएकोले ६५ लाख ८१ हजार रुपैयाँ अनियमित देखिएको उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑