काठमाडौ
नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिको साधारणसभा गर्ने भएको छ । नेपाल अधिराज्यभर सञ्चालित सबै किसिमका मालवाहक सवारी साधनहरु आवद्ध रहेको सस्था नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीले यहि जेष्ठ २६ र २७ गते बाह्रौं बार्षिक साधारण सभा तथा सातौं अधिबेशन गर्ने भएको हो । साधारणसभा को समुद्घाटन बाग्मती प्रदेश को मुख्यमन्त्री माननीय श्री शालिकराम जमरकट्टेल ज्यूबाट हुने समितीले जनाएको छ । कार्यक्रममा सम्पूर्ण सदस्यज्युहरुलाई उपस्थितिको लागि पनि समितिले आग्रह गरेको छ ।
साधारणसभामा निम्न कुरामा छलफल हुने समितिले जनाएको छ ।
१) अध्यक्षको प्रतिवेदन प्रस्तुत र पारित सम्बन्धमा
२) सचिबको प्रतिवेदन प्रस्तुत र पारित सम्बन्धमा
३) कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र पारीत सम्बन्धमा
४) लेखा परिक्षक नियुक्ति सम्बन्धमा
५) नया कार्यसमितिको निर्वाचन सम्बन्धमा
६) माईनोटिङ्गमा हस्ताक्षर गर्ने २ जना सदस्य चयन सम्बन्धमा
साधारणसभाको कार्यक्रम मेगा इभेन्ट भेन्यु प्रा.लि, बाफल, रिङ्गरोड मा हुने जनाइएको छ ।