• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ४ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  समाचार

    अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

  • सिरुपाते खबर
  • २०७९ फागुन २५, बिहिबार (३ साल अघि)
  • ७६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

     

    ११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल तिमल्सिना द्वितीय र सिता तिमल्सिना तृतीय हुनु भएको छ । विजेताहरुले नगद क्रमशः ४ हजार, ३ हजार र २५ सय रुपियाँ प्राप्त गर्नु भएको छ ।

    कवि तथा गजलकार धनेन्द्र ओझा, कवि तथा निवन्धकार भवानी खतिवडा मोडल तथा गजल गायक संगिता थापा लगायतको समूहले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा उहाँहरुले आ–आफ्ना चेतनामूलक सिर्जना वाचन गर्नुभयो । बेथानचोक गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ग्रामिण विकास संस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चुल्हो चौकोको चौघेरोबाट आमा दिदीमा चेतना पुगोस् भनेरै २५ वर्ष भन्दा माथिको उमेर समूहमा यस प्रकारको प्रतियोगिता गराईएको बताउनु भयो । समाजमा नारीको अवस्था कस्तो छ भन्ने कुरा सिर्जनामार्फत बुलन्दी मात्र भएको छैन, यसका लागि स्वःस्फुर्त चेतना पनि सञ्चारित भएको छ भन्नुहुँदै उहाँले ‘बेथानचोकका महिलाको समृद्धि कृषि’ भएको उल्लेख गर्नुभयो । हाल किसानले बाली र पशुधनमा जोखिम मोलिरहेकोले छिट्टै एक विशेष योजनामार्फत पशु तथा बाली बीमाका कार्यक्रम लागू गरी महिलामा आत्मनिर्भरता बढाउने, बेथानचोकमा पर्यटन महोत्सव आयोजना गरी महिला स्वावलम्बनका गतिविधिलाई प्रधानता दिइने बताउनु भयो । कार्यक्रममा रक्षा उज्ज्वल किशोरी समूहद्वारा प्रस्तुत चेतनामूलक नाटकको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “आज भएको नाटकले दिएको सन्देशलाई घर घरमा पु¥याऔं र भनौं, नारी जुनै–कुनै पनि कोणबाट सक्षम छिन ।” उहाँले कार्यक्रममा प्रस्तुति दिनुहुने पाहुना साहित्यकारलाई विश्वस्त पार्दै भन्नुभयो, हामी बेथानचोक प्रज्ञा प्रतिष्ठान बनाउने अन्तिम तयारीमा छौं, यो भूमि वाङ्मयका लागि पनि उर्वर छ ।” नागरिकमा चेतना विकासका लागि कला साहित्यको स्थान उच्च छ ।

     

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नु भएकी बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले १३३ वर्ष अघिदेखि शुरु भएको यो दिवसले विभेदकारी व्यवहारलाई पर राख्दै नारी पुरुष बराबर हुन भन्ने सन्देश प्रवाह गरोस् भन्दै समाजमा नारीले दोश्रो दर्जामा जिउन बाध्य पारिने गतिविधि समुल अन्त्य गर्न महिला सक्षम हुन जरुरी रहेको औल्याउनु भयो । उहाँले सीप र स्वावलम्बन भए निणर्य क्षमतामा महिलाहरुको समान सहभागिता हुने भएकाले गाउँपालिकाले महिला स्वावलम्बनको पाटोलाई गम्भीरताका साथ अघि बढाइरहेको बताउनु भयो । आयआर्जन र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बेथानचोक गाउँपालिकाले महिलाहरुको लागि बहुपक्षीय गतिविधि गर्दै आएको र भावी दिनहरुमा पनि यसलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्ला दशकमा समानताका मुद्धा घनिभूत रुपमा उठेका केही मुद्धामा सम्बोधन पनि भइसकेका र केही सम्बोधनको क्रममा रहेकाले नेतृत्वकर्ताले विश्राम नलिई यसलाई उचाइमा पु¥याउनु पर्नैमा जोड दिनु भयो । गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत राजेन्द्र भण्डारीले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय महिला दिवस पनि भनिने यो दिवसमा यो वर्ष महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न लिइएको नीतिप्रति बेथानचोक गाउँपालिकाले जिम्मेवार भएर कार्यसम्पादन गर्ने बताउनु भयो ।

    समाजमा व्याप्त सोंच र संकिर्ण चिन्तनबाट माथि उठेर महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमालाई समाप्त गर्न सबैजनाले सँगै हातेमालो गर्दै जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजता आचार्यले शाखाद्वारा सम्पादित गतिविधिबारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं। १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल ४ का अध्यक्ष कृष्ण तामाङ, विभिन्न वडाका सदस्यहरु, ग्रामिण विकास संस्थाका प्रतिनिधि, महांकाल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, नारी चेतना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, बेथानचोक नारी चेतना संस्थाका प्रतिनिधि,भुग्देउ महिला विकास संस्थाका प्रतिनिधि, ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थाका प्रतिनिधि, बेथानकोचक गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, बेथानचोक प्रहरी चौकी इञ्चार्ज तथा स्थानीयको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑