ललितपुर
बागमती गाउँपालिकाको गाउँ सभाको १२ औं अधिबेशन उद्घाटन भएको छ । सोमबार गाउँपालिकाको अध्यक्ष वीर बहादुर लोप्चनको सभाध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम ललितपुर क्षेत्र न १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा रहनु भएको थियो । त्यस्तै बिशिस्ट अतिथिमा ललितपुर क्षेत्र न १ प्रदेश सभा ख का प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन र सोही क्षेत्रका प्रदेश क का प्रदेश सभा सदस्य मधुसूदन पौडेल र प्रदेश सभाउर्मिला तामाङ रहनु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि उदय शमशेर राणाले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।
गाउँपालिकाको १२ औं गाउँ सभालाई शुभकामना दिनुहुदै प्रमुख अतिथि राणाले बिकास गर्नको निम्ति ललितपुरको अन्य गाउँपालिकाहरुमा भन्दा बागमती गाउँपालिकामा बढी सम्भावना रहेको बताउनुभएको छ । साथै उहाँले जुन ठाउँमा जे श्रोत छ त्यसको उचित प्रयोग गर्नुपर्ने र प्रयोग गर्दा छाडा नभई ब्यबहारिक हुनुपर्ने मा जोड दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथि मिनकृष्ण महर्जनले यो फलानो पार्टीको त्यो फलानो पार्टीको, यो आफ्नो मान्छे त्यो अर्को मान्छे नभनी सबै एक जुट भइ बिकास गर्नुपर्ने बताउनुभयो । साथै दक्षिण ललितपुरको बिकासको लागि आफुहरु अहोरात्र खटिइरहेको पनि बताउनुभयो । त्यस्तै गरि प्रदेश सभा सदस्य मधुसूदन पौडेलले ललितपुर जिल्ला काठमाडौ उपत्यकाको लागि खानिजन्य पदार्थ उत्पादन गर्ने जिल्ला मध्य एक प्रमुख जिल्ला पर्ने तर यसलाई ब्यबस्थित नगरिएको कारणले गर्दा सबै तिर भताभुङ्ग भएको बताउनुभएको छ । साथै उहाँले बागमती गाउपालिकाको समृद्धि र बिकासको लागि प्रस्ताव लिएर आउनुहोस् प्रदेश सरकारको तर्फबाट के कस्तो योजना दिनुपर्छ त्यसका लागि हामी तयार रहेको बताउनुभयो ।
त्यस्तै गरि समानुपातिक प्रदेश सभा सदस्य उर्मिला तामाङले चुनावमा आफुहरु होमिदै गर्दा हामी सबैको साझा मुद्दा भनेको बिकास र सुशासन भएकोले चुनाब जितेका छौ अब हिजो जनतासंग गरेका प्रतिबद्धता हरु अक्षरस पालना गरिने बताउनु भएको छ । साथै अबको दिनमा जनता जहाँको त्यहाँ होइन जनताले हिजोको भन्दा नयाँपनको महसुस गर्न पाउनुपर्नेमा पनि जोड दिनु भयो ।
कार्यक्रमलाइ समापन गर्दै बागमती गाउँपालिकाका अध्यक्ष एबम गाउँ सभाका सभाध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको आन्तरिक आयश्रोत कम भएकोले समपुरक बजेट भन्दा बित्तीय समान्यकरणको बजेट पठाउनुहुन साम्सदहरु समक्ष आग्रह गर्नुभएको छ । साथै बागमती गाउँपालिकाको वडा न ७ गिम्दीमा औधोगिक ग्राम स्थापनाको लागि गत कार्यकालमै बोर्डले निर्णय गरेको गिम्दीमा भौगोलिक हिसाबले टाढा भएको भन्दै व्यवसायीहरु काम गर्न जान नमानेको पनि स्पष्ट पार्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले बागमती गाउँपालिकाको बिकासको निमित्त हामिसबै एक भएर जानुको बिकल्प नभएको बताउनुभएको छ
कार्यक्रममा गाउँपालिकाले ललितपुर क्षेत्र न १ बाट बिजय हुनु भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाइ बधाई दिदै सम्मान गरेको थियो ।