आज रोशी गाउँपालिकाको गाउँ शिक्षा समितिको वैठक गाउँपालिका अध्यक्ष एवं गाउँ शिक्षा समितिको संयोजक दिनेश लामाको संयोजकत्वमा बसि सम्पन्न भएको छ । वैठकमा गाउँपालिकाको विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमन कार्यविधि २०७५ को दफा २५ बमोजिमको गाउँ शिक्षा समितिलाई पूर्णता दिनका निम्ति उपदफा ग बमोजिम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको सदस्य वा निजले तोकेको प्रतिनिधि मध्येबाट गुणराज मोक्तान, सामुदायिक विद्यालयको प्र.अ. हरु मध्येबाट लक्ष्मीनारायण मा.वि.रोशी २ को काजीमान लामा, बालविकास केन्द्रका बालकक्षा शिक्षकहरु मध्येबाट सरस्वती प्राथमिक विद्यालय रोशी ३ का शिक्षक अनिता लामा, संस्थागत विद्यालयमध्येबाट प्रगति किरण बोर्डिङ स्कुलबाट १ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता वसन्त तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी शिक्षा नीति, योजना, नियम, कानुन, कार्यविधि निर्माण तथा तर्जुमा गर्न उपाध्यक्ष मिम बहादुर वाईवाको संयोजकत्वमा प्रवक्ता वसन्त तामाङ, सामाजिक विकास समितिको संयोजक अशोक कुमार गौतम, वि.व्य.स. को प्रतिनिधि गुणराज मोक्तान तथा शिक्षा शाखाबाट १ जना प्रतिनिधि गरी ५ सदस्यीय मस्यौदा कार्यदल निर्माण गर्ने निर्णय गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।
विद्यालयको भौतिक, शैक्षिक तथा समग्र पक्षहरुको प्रभावकारी रुपमा अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न उपाध्यक्ष मिम बहादुर वाईवाको संयोजकत्वमा प्रवक्ता वसन्त तामाङ, सामाजिक विकास समितिको संयोजक अशोक कुमार गौतम, वि.व्य.स. अध्यक्ष बाट १ जना र शिक्षा शाखाबाट १ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता वसन्त तामाङले जानकारी दिनुभयो ।