ललितपुर
बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले पालिका भरी ५० प्रतिशात अनुदानमा कृषि सामाग्री वितरण गरिने बताउनुभएको छ । आज बागमती गाउँपालिका वडा न २ माल्टाको महाशक्ति प्राङ्गारिक कृषि सहकारी सस्था लिमिटेडको १५ औं साधारण सभामा बोल्दै लोप्चनले सो कुरा बताउनुभएको हो । उहाँले सातै वाटा वडाबाट आफ्नो वडामा आबश्यक पर्ने कृषि सामाग्रीहरु माग गर्न पनि अनुरोध गर्नु भएको छ । उहाँले सबभन्दा पहिला वडाबाट माग भै सो माग अनुसार पहिचान गर्ने र त्यसपछि गाउँपालिकाले टेण्डर गरि कृषि सामाग्री खरिद गरि कृषकलाई अनुदानमा वितरण गरिने बताउनु भयो । उहाँले आर्थिक बर्ष २०७९/८० को लागि कृषि औजार खरिद भनेर बागमती गाउँपालिकाले २० लाख रुपैयाँ छुट्टयाइएको पनि बताउनुभएको छ । उहाँले यस बर्ष २० लाख रुपैयाँ गाउँपालिकले र २० लाख रुपैयाँ कृषकको गरि ४० लाख बराबरको कृषि सामाग्री खरिद गरिने पनि बताउनुभयो ।
बागमती गाउँपालिकाले गत पौष ३ गते ५० प्रतिशात अनुदानमा कृषि मेशिनरी उपकरण माग संकलन सम्बन्धि सूचना पनि निकालीसकेको छ ।