काभ्रे
जिल्लाको बेथानचोक गाउँपालिकाको पार्थली सल्लाफेद मुल सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको आज गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायतको टोलिले अनुगमन निरीक्षण गरेको छ ।
बेथानचोक गाउँपालिकाले नयाँ आर्थिक बर्ष सुरु भएसंगै गाउँपालिका भित्रका सडकहरु सहज बनाउन ग्राबेल गरिएको थियो भने पनौती बेथानचोक मुल सडकखण्ड अन्तर्गत खोपासी छत्रे सडक ग्राबेल गरिसकिएको छ । बुधबार बाट पार्थली सल्लाफेद सडक कालोपत्रे मर्मत संभार गरिराखिएको हो । अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, इन्जिनियर ज्ञानप्रसाद तिमल्सिना लगायतको टोलीले बुधबार सडक कालोपत्रे कार्यको अनुगमन निरीक्षण गरेको हो । अध्यक्ष भगवान अधिकारीले निर्वाचित भए लगत्तै सडक संजालहरुलाई सहज बनाउन बिशेष ध्यान दिइ रहनुभएको स्थानीयहरु बताउछन् ।
बेथानचोक गाउँपालिकाले यहि आर्थिक बर्षमानै पनौती बेथानचोक सिमाना पाटिखर्क छत्रे देखि ढुङ्गखर्क ग्वाभन्ज्याङ सडक कालोपत्रे र ढलान गर्न ठेक्का प्रक्रिया सुरु गरिसकेको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिएका छन् ।