रोशी
रोशी गाउँपालिकाको चौथो कार्यपालिका वैठक आज सम्पन्न भएको छ । वैठकमा गाउँपालिकामा रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा कार्यको लागि ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम कार्यन्वयन मापदण्ड २०७९ स्वीकृत गर्ने निर्णय गरियो । त्यसैगरी पालिका अन्तर्गत रहेका साविकका गाउँ विकास स समितिहरु खहरेपाँगु, शिखर आम्बोटे, महादेवटार, सिसाखानी, सिपाली चिलाउने, कटुन्जेवेशी, खार्पाचोक, मंगलटार, वाल्टिङ र भिमखोरीको नाममा रहेको जग्गाहरु सम्बन्धित वडा कार्यालयको नाममा नामसारी गर्नको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरियो ।
वैठकमा क्रसर व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि क्रसर व्यवसायीसँग २०७९ साल कार्तिक १८ गते गाउँपालिकामा छलफल गर्ने निर्णय गरिएको प्रवक्ता बसन्त तामाङले जानकारी दिनुभयो ।