काभ्रे
पनौती नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख रामशरण भन्डारीले सुन्दर पनौती बनाउने अभियानमा सबै जनप्रतिनिधिहरु एकै साथ अगाडी बढ्नुपर्ने बताएका छन् । आज नेपाली कांग्रेस पनौती नगरपालिका निर्वाचन परिचालन मूल समितिले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले नगरको सम्पूर्ण आबश्यक्ता र बिकासमा नेकपा एमाले र नेपाली कांग्रेस लगाएत सम्पूर्ण पार्टीको समान धारणा भएकोले हामी संगै अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । नगरसभा, कार्यपालिका बैठक, नीति तथा कार्यक्रम र बजेट निर्माणमा सम्पुर्ण जनप्रतिनिधि एकजुट हुने कुरामा आफू बिस्वस्त रहेको पनि उनले बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका अग्रज नेता तिर्थ पछखलले पाँच बर्ष अगाडिको निर्वाचनमा पनौती नगरपालिकाले भिम न्यौपाने जस्तो सम्प्रदायिक मेयर पाएपनी बरिस्ठ प्रमुख प्रशासकीय अधिकृतको हातमा परेको कारण पनौती नगरपालिका अव्यवस्थित भएको आरोप लगाएका छन् । त्यस्तैगरि निर्वाचन परिचालन समितिका संयोजक भोलाथापाले दम्भको पछि नलाग्न आग्रह गरेका छन् । नेकपा एमालेलाई संकेत गर्दै उनले दम्भ देखाउन लागेभने उनिहरु संग ३९ जना छन् तर हामीहरुसंग ५६ हजार पनौती जनताको साथ रहेको पनि बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रमुख लगाएत वडा अध्यक्षहरु साथै निर्वाचनको बेला प्रचारप्रसारमा अहम भुमिका खेल्ने पत्रकारहरुलाइ प्रसंशापत्र सहित सम्मान गरिएको थियो।