ललितपुर
बागमती गाउँपालिका वडा न ७ का गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नारायण भोम्जनले आफ्नो वडालाइ समृद्ध बनाउनको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले आफू सधैं यस वडाको बिकासको लागि लागिपरिरहने पनि बताएका छन ।भोम्जनले आफू निर्वाचनमा निर्वाचित भएपपछि हाल सन्चालनमा आएको बिध्याधिश्वरी उच्च माध्यमिक बिद्यालय भवन,आश्राङ स्वास्थ्य चौकी भवन, महिला सहकारी भवन र वडा कार्यालय भवन बनेको ठाउँ भन्दा फरक ठाउँमा बनेको र सस्थाको आफ्नै नाममा पनि नभएको हुनाले आफ्नो कार्यकालमा आफ्नै नाममा ल्याउने पनी उनले बताएका छन् ।
उनले आफुले आश्राङमा जुन ठाउँमा खानेपानीको अभाव छ त्यस ठाउँमा रिजर्भ ट्याङ्कीमा पानी जम्मा गरेर भएपनी प्रत्येक घरधुरिलाइ स्वच्छ खानेपानी बितरण गर्ने प्रतिबद्धता पनि जनाएका छन् । बिगत २५ बर्ष भन्दा पनि बढी एमालेले यो क्षेत्रमा शसन गरे तर आश्राङमा बिकास गर्न नसकेको उनको आरोप छ । बिकासको नाममा आएको बजेट पनि कार्यकर्ता लक्षित र आसेपासेलाई मात्र दिने गरेको पनि उनले आरोप लगाए। भोम्जन्ले आफू निर्वाचित भएपछि कसैलाई पनि भेदभाव नगरि समग्र आश्राङको बिकास र समृद्धिको लागि सदैव लागिपरिरहने पनि बताएका छन् । हाम्रो चुनावी घोषणपत्र काम गर्न सकिने खालको छ, काम गर्न नसक्ने र जनतालाई भ्रम छर्ने खालको नभएको पनि बताएका छन् । आफू निर्वाचित भएपछि कृषि ,शिक्षा ,स्वास्थ ,रोजगार र खेलकुदका क्षेत्रहरूको बिकासको लागि बिशेश पहलका साथ अगाडि बढ्ने पनि उनले बताए ।