ललितपुर
नेपाली कांग्रेस बागमती गाउँपालिकाका युवा एबम कृयाशिल नेता बिष्णु प्रसाद तिमल्सिनाले स्वतन्त्र उम्मेदवार बाट आफ्नो नाम निकालेका छन । टिकट बाड्फाडमा आफुलाइ चित्त नबुजेको भन्दै बैशाख १२ गते तिमल्सिनाले पालिका अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारमा आफ्नो नाम दर्ता गराएका थिए । आज ललितपुरमा भएको जिल्ला स्तरीय नेताहरूको छ्लफल पश्चात् तिमल्सिनाले आफुले दर्ता गराएको स्वतन्त्र उम्मेदवारीबाट नाम निकालेका हुन् । तिमल्सिना संगै नेपाली कांग्रेस बागमती गाउँपालिका सचिब डोल केशर दाहालले पनि उपाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारीमा आफ्नो नाम दर्ता गराएका थिए । उनले पनी आज स्वतन्त्र उम्मेदवारबाट आफ्नो नाम निकालेका छन् । त्यस्तै बागमती गाउँपालिका वडा नं. १ घुसेलका युवा नेता नारायण गौतमले पनी वडा अध्यक्ष पदको लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारबाट आफ्नो नाम निकालेका छन् । यो संगै बागमती गााउँपालिकामा खुसी छाएको छ । नेपाली कांग्रेस बागमती गाउँपालिकामा बागी अर्थात स्वतन्त्र उम्मेदवार कोहीपनि नरहेको गठबन्धनबाट बागमती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले बताएका छन् । साथै बागमती गाउपालिका कांग्रेसमय बनेको पनि बताए । निर्वाचन आयोगले आज १६ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय सिमा तोकिदिएको थियो ।