ललितपुर
बागमती प्रदेश गठबन्धनले ललितपुर जिल्लाको पनि कुन पालिका कसलाइ भन्ने बिषयमा टुङ्गो लगाएको छ । आज बसेको सत्ता साझेदार गठबन्धनको बैठकले पालिका बाड्फाडको टुंगो लगाएको हो ।
सहमति अनुसार गोदावरी नगरपालिकाको प्रमुख र उप–प्रमुख दुबै नेपाली कांग्रेसले पाउने भएको छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको छ ।
कोन्ज्योसोम गाउँपालिकामा भने अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने सहमति भएको छ । त्यस्तै महाङ्काल गाउँपालिका र बागमती गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले पाउने गरि सहमति भएको छ ।