काभ्रे
जिल्ला स्थित सत्ता साझेदार दलले नगरपालिका र गाउँपालिकाको संख्यामा कुरा नमिलेपछि प्रदेश समिति र प्रदेश कमिटीलाई आ -आफ्न दलले धारणा पठाएका थिए । प्रदेशमा पनि कुरा नमिलेपछि काभ्रेमा गठबन्धन नहुने लगभग पक्का भएको छ । जसरी जिल्लामा कुरा नमिलेपछि प्रदेशमा दलहरूले धारणा पठाएका थिए त्यस्तै प्रदेश स्तरीय नेताहरू बिच पनि जिल्लाकै जस्तो अबस्था आएको छ ।
प्रदेशमा हिजो लामो समय गठबन्धनको बिषयमा बैठक बसेपनी काभ्रे जिल्लको बिषयमा भने सहमति जुट्न नसकेको हो । बैठकले काभ्रेको १३ स्थानीय तह मध्ये लगभग आधा भन्दा बढी सहमति भएको बुझिएको छ ।
प्रदेशमा पनि सत्ता साझेदार दलहरू बिच कुरा नमिलेपछि अब दलहरु आ आफ्नै तयारिमा जुटेका छन् पाँच दल बिच सहमति नभएपछि काभ्रेको स्थानीय तहमा आबश्यक्ताका आधारमा कांग्रेस र माओवादी केन्द्र , कांग्रेस र नेकपा एकीकृत समाजबादी र माओवादी केन्द्र र नेकपा एकीकृत समाजबदी बिच चुनवी तालमेलको लागि छलफल भैरहेको जनाइएको छ ।